आज,
सरम लागिरहेको छ
मुख देखाउनै नसक्ने भएको छु,

अपुरो छ,
अधुरो छ,
अपाङ्ग भएको छ जीवन,
विकलाङ्ग बनाइदिएको छ समयले,
हरे !
यो कस्तो समय आयो ?
सोचेको पनि थिइन
नदी उल्टो बग्छ भनेर,
समुद्रमा आगो लाग्छ भनेर,

छातिमा सुनामी आएको छ
चिहिलविहिल भएको छ इन्द्रियहरु,
भावशून्य भएको छ चेतना,
किन जाग्दैन
युवा जोश जागर ?
कति अर्कैको पछि लागेर
उधारो आश्वासनमा
झुठो कुरामा साक्षी बसी
पक्ष–विपक्ष
अन्तर्राष्ट्रिय सम्मेलन केन्द«भित्र जस्तो
टेवुल ठोकिरहन्छ सधैँ जिन्दगी ?

धागो चुडिएको चङ्गा मन
तारे भीरमा अड्किएर बसेको छ जीवन
कतिखेर बुङ्ग धुलो उडाएर
खस्ने हो भुईँमा
भरोसा छैन जिन्दगीको,

पहिले,
समुद्रको छालजस्तै
मडारिदै–मडारिदै आउँथ्यो मनमा
ईच्छा,
रहर,
भावना,
र कल्पनाहरु
तर
आज निर्जिव भएको छ मष्तिष्क,
अधकल्चिटिएर
जिविल्किएको छ मनमा उब्जिएका
ईच्छा,
रहर,
भावना,
र कल्पनाहरु,

अझ भनौँ–
तुहिएको छ
आशा र भरोसाहरु,
वेअर्थी भएको छ जीवन
त्यसैले
आज मलाई सरम लागिरहेको छ
ग्लानी र पश्चातापले
सूर्यझैँ रातो भइरहेको छु ।

–केदार श्रेष्ठ‘गगन’
भीमस्थान–५,सिन्धुली
हाल–अनेसास यू.ए.ई.च्याप्टर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “वेअर्थी जीवन”

  1. This is one best of thausand
    This is one best of thausand opinion from heart………………! “best of luck” kedar ‘gagan’ G

Leave a Reply

Your email address will not be published. Required fields are marked *