Skip to content

लाक्पा शेर्पा

म केको उत्सव मनाऊँ आमा ?

नितिका ब्यापारीहरू बिकेको बेला
बिधीको ठेक्का-पट्टा उल्टेको बेला
एक मुठ्ठी सासको तिरो तिर्न नसकेर
सति हुँदै गरेको मेरो अस्मिता
बिभाजित प्रस्ताबका चाङमाथि
शान्ति बँधुवा बसेको बेला
पारित नभएका पोहोरको शुभपादेशहरू
बेवरिस लथालिङ्ग परेको बेला
मेरो एक साल कट्टी भएको बेला
म केको उत्सव मनाऊँ आमा ?

तिम्रो लागि कयौ पटक मरु जस्तो लाग्यो

तिमीबाट तिम्रो जवानी चोरु जस्तो लाग्यो
तिम्रो मनमा मेरो चित्र कोरु जस्तो लाग्यो ।

तिम्रो लागि हर सिमा पार गर्न सक्छु म
संबिधानको हर धारा तोडुं जस्तो लाग्यो ।

बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन

तिम्रो मनको घडेरीमा बास बनाई देऊन
बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन

भोगचलन गर तिमी नामसारी गर ‘लाक्पा”को
नमकिन मेरो जीवनलाई मि’ठास बनाई देऊन
बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन……

धेरै मायां लाउदा-लाउंदा

धेरै मायां लाउदा-लाउंदा मैलिएर फाट्यो नी
वाचा कसम खांदा-खांदा पखला पो लाग्यो नी ।

तन्,मन्,धनको सत्ता सुम्पिदिए उनीलाई
गुणको बदला मुखमै आई तिनले पादयो नी ।

लगाई दियो दाग मलाई

लगाई दियो दाग मलाई जीवन भरी रुनलाई
कुन साबुन छ प्रिये,,,, बदनाम धुनलाई ।

डुबेका थियौ सँगसगै मायांको सागरमा
ओभानो तिमी रुजियौ म सुख्ख बगरमा ।
चुडाई दियो तिमीले मेरो खुशीको मुनालाई

धेरै चाहे तिमीलाई,यही मेरो मजबुरी …..

टाढा-टाढा बनाइ दुरी,गईगयो निष्ठुरी …….
ज्यानै मारे न्याय पाउला !
मन टुटेको कहां दिंउ उजुरी ??

ख्याल्-ख्यालमै मन चोरयो
मुटुको शोषण गर्‍यो ।
मायांको हत्या गरी
दोबाटोमा ल्याई छोड्यो ।

मायांको बिष पिलाई,घातिले गोप्यो छुरी …..
ज्यानै मारे न्याय पाउला !
मन टुटेको कहां दिंउ उजुरी ??

खुकुरीमा खिया लाग्या छैन

अझै पनि खुकुरीमा खिया लाग्या छैन
विरहरु जन्माउने गर्भ थाक्या छैन ।

कालो नजर लाउनेको गिद्दे आँखा फोरेर
बलिदानको एउटा नयाँ इतीहाँस कोरेर …..
सिमानालाई मेट्नेको,शिर कलम गर्न बाँकी छ
स्वाभिमानलाई सोधी हेर,चन्द्र सुर्य साँछी छ ।

अझै पनि नशा भित्र पनि बाग्या छैन
विरहरु जन्माउने गर्भ थाक्या छैन । ।