Skip to content

धेरै चाहे तिमीलाई,यही मेरो मजबुरी …..


टाढा-टाढा बनाइ दुरी,गईगयो निष्ठुरी …….
ज्यानै मारे न्याय पाउला !
मन टुटेको कहां दिंउ उजुरी ??

ख्याल्-ख्यालमै मन चोरयो
मुटुको शोषण गर्‍यो ।
मायांको हत्या गरी
दोबाटोमा ल्याई छोड्यो ।

मायांको बिष पिलाई,घातिले गोप्यो छुरी …..
ज्यानै मारे न्याय पाउला !
मन टुटेको कहां दिंउ उजुरी ??

किर्ते वाचा गरेर्
खुशीको ठगी गर्‍यो ।
संझनाको मोर्चा कसेर्
जिन्दगीको चैन् हरयो ।

धेरै चाहे तिमीलाई,यही मेरो मजबुरी …..
ज्यानै मारे न्याय पाउला !
मन टुटेको कहां दिंउ उजुरी ??

sherpa.lakpa99@gmai.com

6 thoughts on “धेरै चाहे तिमीलाई,यही मेरो मजबुरी …..”

  1. मनलाइ बुझ्नै मनै त हो
    मनैले

    मनलाइ बुझ्नै मनै त हो
    मनैले बुझ पचाएपछि
    उजुरी हाल्ने ठाउँ हुन्न
    जतिसुकै पाए नि सजायँ पछि ।

  2. राम्रो लाग्यो ।
    मन भएपो माया

    राम्रो लाग्यो ।

    मन भएपो माया प्रिती ।। हास खेल हिरा मोती ।।
    मनै नभए के को त्रिसना ।।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *