Skip to content

म केको उत्सव मनाऊँ आमा ?


नितिका ब्यापारीहरू बिकेको बेला
बिधीको ठेक्का-पट्टा उल्टेको बेला
एक मुठ्ठी सासको तिरो तिर्न नसकेर
सति हुँदै गरेको मेरो अस्मिता
बिभाजित प्रस्ताबका चाङमाथि
शान्ति बँधुवा बसेको बेला
पारित नभएका पोहोरको शुभपादेशहरू
बेवरिस लथालिङ्ग परेको बेला
मेरो एक साल कट्टी भएको बेला
म केको उत्सव मनाऊँ आमा ?

युवाहरू मुग्लानको धरापमा फसेको बेला
सुस्ता-कालापानीमा ईतिहास मरेको बेला
खेतालाहरूले पैचाएर ल्याएको
दिल्लीको एक तुम्बी तेलमा
हाम्रो गाउँ बेसी जलेको बेला
संबिधान सभाको रोहवरमा
देशको मुचुल्का उठाउदै गरेको बेला
पुरानो पत्रोको कत्रो मात्र बनाएर
परिबर्तन सम्वाहक हुन नसकेको बेला
मेरो एक साल कट्टी भएको बेला
म केको उत्सव मनाऊँ आमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *