Skip to content


म,
म आज यो उदघोस् गर्छु
म आज यो आव्हान गर्छु
म,
म आफैलाई बेच्न चाहन्छु ।

एक मुस्टा लिनेलाई बिशेष छुट छ
उचाइ आन्दजी ५x14/७५ फिट छ
टुक्रा-टुक्रा पारेर
कित्ता-कित्ता काटेर, पनि बेचिन्छ
कुनै क, ख, ग, बादी नभएको
ठाउँ सँग पनि साटिन्छ ।
म,
म आफैलाई बेच्न चाहन्छु ।

आन्दोलन,बन्द र हाड्तालमा पनि
हत्या, हिङ्सा र अनिकालमा पनि
राम्ररी चलेको
नयां नेपालको पिच बाटोमा पर्ने
म,
म आँफैलाई बेच्न चाहन्छु ।

गत साल,
सयोउ संगठन र हजारोउ शाहीद खुद नाफा कमाएको
अमेरिकी र भारतीय राम्ररी चलेको
राम्रो आम्दानी भएको
दुई डुंगाको तरुण म
म,
म आँफैलाई बेच्न चाहन्छु ।

छ सय एक जनालाई
एक्कै पटक भोज गर्न सक्ने
भ्रमन,उद्घघाटनको खोज गर्न सक्ने
पौने दुई करोडको
थाप्ला माथि बनेको
अत्ती सुबिधा सम्पन्न
म,
म आँफैलाई बेच्न चाहन्छु ।
नोट:,दलालले कष्टा नगर्नुहोला,
संपर्क स्थान:,दिल्लिबजार ,
फोन न।,एक छ ,एक छ , एक दुई तीन छैन ।

2 thoughts on “म बिक्रिमा छु”

  1. Lakpa bhai badhai chha timro
    Lakpa bhai badhai chha timro prayas ramro chha nepalko halat pani yastai chha

    timro kabatila maile no dine ho bhane 100 ma 99.9 dine chhu..

    Ramnath
    UAE

  2. लाक्पा भाई ! राम्रो लाग्यो
    लाक्पा भाई ! राम्रो लाग्यो कविता ! फेरी अरु पनि लेख्दै गर्नु होला ! अनि तपाई को लेख रचना हरु शेर्पा क्यिदुक वा www. sherpaworld.com तीर पनि share ( पोस्ट) गर्नु होला है http://www.sherpakyidug.org
    साथै ल्होसार को शुभकामना सहित !

    जे.बी .शेर्पा
    एंटवर्प , बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *