तिम्रो मनको घडेरीमा बास बनाई देऊन
बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन
भोगचलन गर तिमी नामसारी गर ‘लाक्पा”को
नमकिन मेरो जीवनलाई मि’ठास बनाई देऊन
बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन……
विधि म सहुँला विधानमा दसी लेखौंला
सिर्फ तिम्रै पेवा भा’को आ’भास बनाई देऊन
बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन……
मेरो ज्यानको सास तिमी ईशारामा नाचौला
दासताको एउटा अमर ईति’हास बनाई देऊन
बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन……
मनमा सजाई पथ धाउने पथिक धेरै होलान
सारथी ‘लाक्पा”लाई एक खास बनाई देऊन
बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन……

तिम्रो मनको घडेलीमा बास बनाई
तिम्रो मनको घडेलीमा बास बनाई देउन।
बिन्ती हजुर मलाई पनी दास बनाई देउन।।
हजुर यस्तै हुन्छ जवानीमा कसैलाई मन पराए पछी कसैको मनभित्र बास खोजीन्छ त कसैको दास बन्न पनी तयार भईन्छ।सारै मिठो प्रस्तुती लाक्पा जी,निरन्तर पदन पाउँ……
very very nice gazal
very very nice gazal
Thanks for all the viewer who
Thanks for all the viewer who catch my word of feelings and serve some comment on my try. thaks