Skip to content

डा. भवेश्वर पंगेनी

काजी उपाधि प्राप्त दुई अमरसिंह

  • by

नेपालको इतिहासमा विद्यार्थीलाई काजी अमरसिंह थापाको नाम नौलो हो होइन तर एकै समयमा पश्चिम नेपालमा दुई जना काजी अमरसिंह थापाहरूले सेनापति भएर सैनिकको नेतृत्व गरेको विषय भने कमैले हेक्का गरेको देखिन्छ । ती सेनापतिहरूमध्ये वि.सं. १८०८ मा जन्मेका अमरसिंह थापा एक थिए । उनलाई ‘काजी’ दर्जा दिइएको थियो । अर्का अमरसिंहभन्दा जेठा भएकाले इतिहासमा उनलाई सजिलोसँग चिन्नका लागि कतिपयले ‘बडा काजी’ अर्थात् बडाकाजी अमरसिंह थापा भन्ने गरेको पाइन्छ । जीवनको उत्तरार्द्धमा उनी अङ्ग्रेजविरुद्ध युद्धका लागि नेपालको सुदूरपश्चिमी क्षेत्रमा खटिएका थिए ।

प्रजातान्त्रिक आन्दोलनको सन्दर्भ र वि.सं. २००७

  • by

आधुनिक नेपालको राजनीतिक इतिहासमा हत्या र हिंसाका थुप्रै घटनाहरू देखिन्छन् । खासगरी राजा प्रतापसिंह शाहको मृत्युपछि उनकी रानी राजेन्द्रलक्ष्मी तथा भाइ राजकुमार बहादुर शाहबीचको द्वन्द्वका कारण काजी सर्वजित रानाको हत्या हुन गएको हो । नेपालको दरबारिया राजनीतिमा सत्ता प्राप्तिका लागि यहीँदेखि थालनी भएको हत्या तथा हिंसाकै शृङ्खलास्वरूप बहादुर शाह, दामोदर पाँडे, शेरबहादुर शाही, रणबहादुर शाह, भीमसेन थापा, रणजङ पाँडे, माथवरसिंह थापा, गगनसिंह खवास, फत्तेजङ्ग शाह, अभिमानसिंह राना, दलभञ्जन पाँडेलगायतको अन्त्य भएको पाइन्छ ।