Skip to content

रामबाबु सुवेदी

वसन्त

  • by

वसन्त आयो रस-रङ्ग छर्कंदै
सुवास यो बग्दछ सिर्जना धुँदै
मता लता छन् कमनीय कञ्चन
फुलौं फुलौं भई कुकुर्निन्छ यो मन

आँखाभरी फुल्दछ फूल मालती
छातीभरी फुल्दछ फूल मालती
परागले आज धरा छ लत्पत
प्रकाशको आज नवीन छाँट छ

किसान

  • by

मलाई मेरै रचना मिठो छ
हलो र नाम्लोसित गाँसिएको
मलाई मेरै घरमा पिठो छ
आफ्नै पसीनाहरूले भिजेको

म फोर्छु अग्ला चुचुरा हजार
र छर्दछू बीज नयाँ-नयाँ म
म भर्छु खाली असली बजार
र लिन्छु आफ्नै श्रमको इनाम

थोत्रा नेता किनारामा

  • by

थोत्रा नेता किनारामा, थोत्रा विचार झारमा
थोत्रा च्यादरको भाउ हुन्न कैल्यै बजारमा
थोत्रो विचारवाला हो! थोत्रो भई कति बाँच्दछौ?
न तिमी राम्ररी रुन्छौ, राम्ररी न त हाँस्दछौ ।