विशेष अदालतको अगाडि एउटा एकतले घर भग्नावशेषरूपमा ठडिएको थियो । इजलासमा बसेको समयमा आँखा त्यस घरमा पुग्दा न्यायाधीशका मनमा लाग्दथ्यो – ‘यो घर कसको होला ?’ तर त्यो घर वर्षै दिनमा एकाएक छ तलेमा परिणत भयो ।
नदीको छेउबाट भँगालो आएको थियो । ऊ भँगालो तरेर नदी र भँगालोको बीचमा बसेर सोचिरहेको थियो- ‘नदीमा बाढी आयो भने म कता भाग्ने ? नदीको कति मीठो सुसेली! ईश्वरले अहिले मलाई पखेटा हालिदिए नदीपारि पुगेर फेरि यतै र्फकन्थेँ ।’