मैले तिम्रो माया मागेँ साथ पनि दियौ
सधैं सधैं यौवनको रात पनि दियौ
खडेरीमा फूल झरी काँडा हाँस्दा खेरि
उपहार सम्झ्यौ र त पात पनि दियौ
टुक्रिएको जिन्दगी यो समालेर आज
हाँसी हाँसी जिन्दगीमा प्रभात पनि दियौ
एक्लै पारि तर्न खोज्दा जङ्घारमा रोकी
सँगै खोला तरौँ भनी हात पनि दियौ
मुटुभित्र तिम्रो छाया संगालेर माया
युगौं युग सम्झनाको खात पनि दियौ
दुबेकोल–७, खोटाङ

nice so nice nice waha i
nice so nice nice waha i thought actually u wrote this siary with ur heart