मुटुभरि तिम्रो माया भरियो है सानू
एकैछिन नदेख्दा त मरियो है सानू
साथ खोज्दै यात्राहरू पार गर्दा गर्दै
जिन्दगीमा तिम्रो जालमा परियो है सानू
अँगालोमा बाँधीवाँधी धेरैधेरै पिएर नै
नसाभरि तिम्रो माया छरियो है सानू
आधा पेट खाँदाखाँदै माया बाँड्दा बाँडंर्दैँ
भेल, वर्षा, खोलाहरू तरियो है सानू
भोक-तिर्खा सहेर नै दिन काट्दाकाट्दैँ
जिन्दगीमा साँच्चै के के गरियो है सानू
