Skip to content

बुलु मुकारुङ

कोक्रो हरायो, लोरी हरायो

यतिबेला बडो बिस्मातका साथ भन्नुपर्ने भएको छ– कोक्रो हरायो लोरी हरायो, ढिकी–जाँतो हरायो लोकगीत हरायो।

गीत–संगीतको समय

नेपाली गीत–संगीतको विकासमा राजारानी, नेता, मन्त्री, सभासद्, प्रशासक, उद्योग–व्यवसायीदेखि सैनिक र प्रहरीसम्मको योगदान छ।

रेडियोबाटै उदाएकाहरू

  • by

आधुनिक नेपाली सङ्गीतको विकासमा रेडियो नेपालले जुन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, त्यो हिजोआज ओझेलमा परेको जस्तो देखिएको छ । वास्तवमा स्थापनाकालदेखि नै रेडियो नेपालले आधुनिक, लोक, शास्त्रीय, स्वदेश गान तथा भक्ति-सङ्गीत रेकर्डका साथै प्रसारणमा विशेष जोड दिएको देखिन्छ ।

सीमित आदिवासी असीमित लोकबाजा

  • by

सिमान्तकृत आदिवासी जनजातिका प्रदर्शनकारी लोककलामध्ये जातीय लोकबाजा पनि एक हो । हुन त भेक, भाका र जातीय भाषामा आधारित गीत, नाच, लोकनाटक आदि प्रदर्शनकारी लोककला अन्तर्गत नै पर्दछन् । जसको समग्र अध्ययन-संरक्षण हुनसकेको छैन ।

नेपाली संङ्गीतको यस बर्ष

  • by

नेपाली आधुनिक सङ्गीतको आरम्भ भएको एक सय वर्ष पूरा भएको छ । यसबीचमा थुप्रै सुरकर्मीहरू आए र नेपाली आधुनिक सङ्गीतलाई विकसित बनाउन ठूलै योगदान पनि पुर्‍याए । अनेकौँ शैली, ढाँचा र परम्परा स्थापित भई प्रयोगादि पनि भए । वर्तमान नेपाली सङ्गीतमा यति धेरै विविधता पाइनुमा हिजोको परिश्रम, आजको व्यावसायिक प्रयोग र सङ्गीत उद्योगको स्थापना नै हो । यदि हिजोलाई दृष्टिगत नगर्ने हो भने कुनै पनि विषयको आज यकिन हुन सक्दैन र अधुरो रहन सक्दछ । त्यसैले सय वर्षको अवधिमा भएका साङ्गीतिक सिर्जनालाई यस लेखमार्फत उजार गर्ने जमर्को गरिएको छ ।