सिमान्तकृत आदिवासी जनजातिका प्रदर्शनकारी लोककलामध्ये जातीय लोकबाजा पनि एक हो । हुन त भेक, भाका र जातीय भाषामा आधारित गीत, नाच, लोकनाटक आदि प्रदर्शनकारी लोककला अन्तर्गत नै पर्दछन् । जसको समग्र अध्ययन-संरक्षण हुनसकेको छैन ।
सिमान्तकृत आदिवासी जनजातिका असीमित लोकबाजाहरू अहिलेसम्म रहेको भर्खरैको एक अध्ययनले देखाएको छ । जुन अध्ययन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पहलमा सूचीकृत ५९ आदिवासीका लोकबाजाको खोज-अभिलेखन कार्य एक बर्षअघि गरिएको थियो ।
लोपोन्मुख किसान जाति ढाँक, मादर, ढोलकी फौइज, धुधर नगेरा, बस्री, डाँफला, समाई आदिका प्रयोग गर्दछन् । सिमान्तकृत आदिवासी कुमाल बाजाहरू माटेमुरली, मादल, खैँजडी, माटेढुकुर आदि छन् ।
लोपोन्मुख कुशबाडिया जातिका मुरली, झाल, घुँगुरू, ढोल, ढोलक आदि बाजाहरू प्रयोग गरेको देखिन्छ । आदिवासी कुसुन्डा जाति घुमन्ते लोपोन्मुख जाति हो । यस जातिको बाजा इर्लुङ पिपिरी मात्र भएको मानिन्छ । गन्गाई जातिको बाजाहरू मृदङ, नगडा, ढोल, झाल, खोल, मुर्छल, झालर, रण्टी, घडिघण्टा आदि हुन् । गुरूङ जातिका बाजाहरू धेरै प्रकारका छन् । कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन् ।
अतिसिमान्तकृत जातिका धिङ-मादल, रिङ-घि्रङ, मुरली, बिनायो, बाँसुरी, डम्फू, खैँजडी बाजाहरू हुन् प्रयोग गर्दछन् भने छन्त्याल जातिले माउरी बाजा, पिउरा, मादल, मुरली, खैँजडी आदि बाजा यसजातिले प्रयोग गर्दछन् । आदिवासी छैरोतन जातिको ढ्वाङग्रे ढोल, टुङना र मुरली यसजातिले प्रयोग गर्ने बाजाहरू हुन् । जिरेल जातिले बिनायो, डम्फू, खैँजडी, झ्याली, ढ्याङग्रो झागड-उराव जातिले खेल, ढुल्की, डिगरी, झाँज, तिरियो, मानर, मनरा, झाँगड ढोल र डोल्पो जातिले धमङे, ङहा, भुक्स्याल, सेङगेन, राक्तुङ, टिङस्याग, ध्यालिङ, दारू, डिल्बू, धाउङ, हाडेमुरली बाजाको प्रयोग गर्दछन् ।
त्यसैगरी आदिवासी ताङबे जातिले धुम्च्याङ, धन्याम्, घोम्प्याङ आदि बाजा गर्दछन् भने ताजपुरिया र राजवंशी जातिले कर्ताल, खुटखुटिया, ढुलुक, ढुमरी, तर्तरिया, घुगुमुगु, नथुर, मुरली, खोल, दोदरा, ठुन्ठुनिया, खनजडी, झुम्का-घुग्रा, सहना प्रयोग गर्ने गरेको पाइन्छ । तामाङ जातिले डम्फू, टुङना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ, भाटेमादल, पली, पिहुङ तीनगाउँले थकाली जातिलाई सुविधा बञ्चित समूह अन्तर्गत राखिएको पाइन्छ । यसजातिका बाजाहरू धाक्तुङ, भछेल, ढोङरी, पुली, घिलिङ र ध्योक्प्या-ठोक्प्या वा तोप्केगोलाले ढम्ङे, हृयाजिङ, लिङबू, काङकाङ, ङा, रादुङ, बुक्च्याल आदि प्रयोग गरेको अध्ययनको क्रममा पाइएको छ ।
सम्मुन्नत आदिवासी जनजाति थकालीको उद्गम थाकखोला नै हो । खप्राङ-बिनायो, घोटो-कल्ली, ढमकेन-तारको बाजा यसजातिले प्रयोग गर्ने गरेको देखिन्छ । अतिसिमान्तकृत थामी जातिका थुप्रै बाजाहरूमध्ये मेर्कोङ-बाघको हाड बारादेवा पूजाका बेला बजाइने सुरबाजा हो । यसबाहेक पिचालिङ, टाके, थात्रा, ठेङका, बाखाराटाके, डम्फू, मुरली, मुर्चुङगा, बिनायो आदि हुन् । थारू जातिका सखियामादल, झुमरी मादल, कारा, टिम्की, ठेकारा, बौसी, मजैरा, मनार, मुरली, तमौरा, रेउनी, ढ्वाल, डफा, झर्रा, नारा, झाइल, पिपही, पिङरी, पिलरू-माटोको बाजा, चट्कौली, कस्टार, डिग्री मुख्य बाजाहरू छन् । थुदाम जातिले मुरली, पिवाङ, टुङना, कल्ली बाजा, ङहा, दनुवार ढोल, घुँगुर, घाँडो, मृदङ, धुथुर, डफरा र दराईले मान्द्री-मादल, बाँसी, डँफू, खैँजडी, घुँगुरबिन्जा, ढोलक, झ्याली, झुर्मा आदि बाजाहरू प्रयोग गर्दछन् ।
दुरा जातिले मादल, खैँजडी, बाँसुरी, मुरली, झ्याली धानुक जातिले ढोल, बोसली, झाइल, पिपिही, डम्फा, मृदङ, खोजरी, बेन्जो, हरमुनियाँ र धिमाल जातिले उर्नी, तुन्जाई, ढोल, चाप्टा, गुमाना, बासुली, घुघुुरूङ आदि प्रयोग गर्दछन् उर्नी तथा तुन्जाई यसजातिको लोपोन्मुख बाजा हो । नेवार जातिको काहा, क्वता, धिमे, पोङगा, कान्तादवदब, पैताखीँ, म्वालिङ, कुकुवय्, पछिमा, टिन्चु, भुस्याहा, वयः आदि प्रमुख बाजाहरू हुन् । राजपहरी, पाखापहरी र खोलापहरी तीन ठूला समूहमा रहेका पहरी जातिले खेँ, कैभू, भुस्या, धिमा र आदिवासी बनकरिया जातिले मादल, मुरली, ढ्याङग्रो, ढोलको लामो समयदेखि आफ्नो संस्कृतिका रूपमा अवलम्बन गर्दै आएका छन् ।
लोपोन्मुख बराम जातिले मादल, खैँजडी, मुरली, झुरूम्मा, ढ्याङग्रो प्रयोग गर्दछन् भने ङबोछे-ढोल, स्याङ-झ्याम्टा, लिङबू-मुरली, धमा आदि बाजागाजा हिमाली बाह्रगाउँले जातिले बजाउँछन् । बोटे जातिले मादल, झुर्मा, मुरली, खैँजडी, डम्फू आदिको प्रयोग गर्दछन् । भुजेलले कडिया, खैँजडी, मादल, मुराली, बाँसुरी तथा झ्याम्टा बाजा यसजातिले प्रयोग गर्दै आइरहेको देखिन्छ । त्यसैगरी, भोटे जातिले ढुम्ङे, ङाक्, धङ, बुक्स्याल, दरू, काङलिङ प्रयोग गर्दछन् । मगर जातिका बाजाहरूमा खैँजडी, मादल, अलङका, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, केतुकी बाजा, छेलर, पैजन, दरबङा, रिङ, झ्याली आदि मुख्य छन् । माझी जातिका बाजाबारे धनबहादुर माझीले जानकारी दिएअनुसार उनीहरू भाली, झुली, घण्टा, झ्याली, मादल, ढोलको प्रयोग गर्दछन् ।
मुस्ताङ जिल्लाको मार्फा गाउँका मार्फाली थकालीले ढोल, ढमकेन, खप्राङ, मुरली, मादललाई परम्परादेखि नै उपयोग गर्दै आएको अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ । मुगालाई घौँ, छालाम्, पाङ, लिऊ, ङहा बाजा मुख्य छन् । मेचे जातिले खाम-ढोल, खोर्थाल, रामथाल, वाखेल्ठोक, छिफुङ, बिनी, सेर्जा, भेली, झुनझुनिया आदि बाजाहरू प्रयोग गर्दछन् भने याक्खा जातिले केयी-ढोल, केयीसाङ, बिनायो, मुर्चुङगा र किरात राई जातिका बाजाहरू केन-ढोल, यलम्बर बाजा, सिचिया, पुङ, बिम्बिली, जोरमुरली, लाङकाङ, साब्लाकेन-मानिकेन, बिनायो, मुर्चुङगा, र किरात राई जातिका बाजाहरू केन-ढोल, यलम्बर बाजा, सिचिया, पु्र, बिम्बिली, जोरमुरली, लाङकाङ, साब्लाकेन-मानिकेन, बिनायो, मुर्चुङ्गा, सिलिमी आदि मुख्य हुन् ।
विशेष गरेर राउटे जातिले लठ्ठी-लौरो बाजा, मजिरा, मादल र ढ्याङग्रो बाजा प्रयोग गरेको देखिन्छ । राजी जातिले तुर-मादल, मुरली, ताल, मजिरा, बिना-एकतारे र लार्के जातिले ध्यालिङ, बुक्स्याल, डमरू, ढम्ङेन, ङहा आदि प्रयोग गर्दछन् । लिम्बू जातिले के-च्याब्रुक, कोममिक्ला, फाक्वा, मुक्साङ, फामुक, नागारा, केसाङ, सिर्बोङ, फेन्जे, तुङगेवा आदि प्रयोग गर्ने गरेको जानकारी अध्ययन अनुसन्धानको क्रममा पाइएको छ । जसैगरी लोपोन्मुख लाप्चा जातिले चाप्राजङ-ढोल, पन्तोङपलित, निबि्रयूपलित, स्यूतपलित, टोक्रो, टोङबोक, साच्सङ, पटे, सोङतोङदार र ल्होपा जातिका बाजा टुङना, झ्याम्टा, ङहा आदि मुख्य बाजाका रूपमा लिइन्छ ।
ल्होमी जातिको बाजा कल्लीबाजा, ग्यालिङ, बुक्स्याल, ङहा आदि रहेका छन् भने वालुङ जातिले बाजामा मुरली, टुङना, ङहा, ध्यालिङ आदि हुन् । दार्चुला जिल्लाको व्यास, राल्पा, तथा खलंगा क्षेत्रलाई ब्याँसी जातिको मूलथलो मानिन्छ । यसजातिका बाजाहरू ढोल, बाइनू, च्याँङच्याँङ, छ्याँछ्याँ, मुरली, बिनायो आदि रहेको पाइएको छ । शेर्पा जातिले काङलिङ, च्योदर, पिवाङ, याङजे, दोमर, ग्यालिङ, डम्ज्याङ, साङडुङ बाजालाई प्रयोग गर्ने गर्दछन् । जनजाति सतार जातिले तुम्दा, टामाक, ढोल, बटा, ढुल्की, राहाड, बसी, दोत्रो बनाम, ठाप, घुक्क्रो, कुर्ताल, सतारसिठी, जुरी र सियार जातिले रोल्मू, लिङबू, ढम्ङेन, मुरली आदिको प्रयोग गर्दछन् । आदिवासी सुनुवार जाति किराँत समूह अन्तर्गत नै लिने गरिन्छ । गुँइदुवा-ढोल, बुक्थेल-झ्याम्टा, खर्ङा, टोहुङ, न्योहू, बि्रप्चरङ्गी, पुडिपु आदि सुनुवार जातिका बाजा हुन् । सुरेल जातिले ढोल, मादल, मुरली, झ्याली मुख्य बाजाहरू हुन् । हायू जातिले दोम्की-ढोल, ज्याम्की-झ्याम्टा, घण्टा हृयोल्मो जातिले लेमु, पिहुङ, ढिल्बू, बिउल, सिङयेल, ढम्ङेन भुप्च्याल, ध्यालिङ आदि प्रयोग गर्दछन् ।
