Skip to content

राजेश रुम्बा लामा

पापी चु जोवन (तामाङ् सेलो)

कतेमा ज्याबा पाडाब म्हेन्दो (फूल)
निसी थुसी बाइ मनबा
सुटुक्क पिन्सी थे म्हेन्दो,एदा (फूल)
माया पिरती लाइ मनबा …….
खालि छेम, रुप ताई मनबा
एदेन छेम छेम प्राइ मनबा
ति हाबा पापी चु जोवन
माया पिरती लाइ मनबा …………
म्योबा रङ् ङ्

कठै मेरो…

“कठै मेरो….”
पानी पस्यो रे घर भित्र
छानो चुनाले,
मर्मत – समार गरि दिने
कोहि न’ हुनाले !
लेऊ लाग्यो रे घरको भित्ता
पोत्ने न’हुनाले,
खेत बारी नि बाँजई छ रे
जोत्ने न’हुनाले !!

“ङ्ला बुसिं”

“ङ्ला बुसिं”
बिजोक ताजी ङ्ला बुसींग
साउदी,कुवेत अरबरी ,
कोहि मि मुन,दिन ख्राबन मुला
दिल्ली ,बम्बाई नरकरी !

लाहानन सोझो तसी बुसींग
दलाली जे चुंडीबा,
लाहानन मुलारो कतार रिन

हाँस्नु परे छ………..

बाँच्नु परेछु …………
मनको हरेक इच्छ्या मार्दै
बाँच्नु परे छ,
दिलभित्र आगो जलाई
हाँस्नु परे छ !
समयको पछी लाग्दै
नाच्नु परेछ,
जति चोटी टुक्रे पनि मन
गाँस्नु परेछ!!

बाँच्नु परे छ

मनको हेको इच्छ मार्दै
बाँच्नु परे छ
दिलभित्र आगो जलाई
हाँस्नु परे छ
समय्कोपाछी लाग्दै
नाच्नु परेछ
जति चोटी टुक्रे पनि मन
गाँस्नु परेछ
अथाह चोटको हारी बोक्दै
बाँच्नु परेछ
आँशु तालमा डुबे पनि
हाँस्नु पर्छ
आँशु तालमा डुबे पनि
हाँस्नु पर्छ

राजेश रुम्बा लामा “अत्प्त”
दोहा कतार

मलाई जस्तो पीर व्यथा

मलाई जस्तो पीर व्यथा अरु कसलाई होला,
बग्छ आँशु आँखाबाट जस्तै कालीखोला …

(बाँचे छु सँधैभरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर, मेरो ओठमा !) — २

शुभकामना! जन्मदिनको !!

शुभकामना! जन्मदिनको !!
अतित्तका चोट दुखाइ ,
पिर ब्यथा आफै थाहै नपाई बिलाउदै जावस,
अबका दिनहरुमा जोस जंगार र खुशीका उन्मादले छाओस ,
सफलताले सगरमाथा चढ्दै सुख र खुशी मनै भरिआओस,
अनगिन्ति धन सम्पति हजुरको हात लाओस ..
म सयौ चोटी कामना गर्छु
मन मुटुले सोचेको
र रोजेको जीवन साथी पाओस …
खाँचो नहोस कसैको .
सबैलाई हजुरको खाँचो परि हजुरकैमा धाओस ,
,हजुरकैमा धाओस…
हजुरको करेसाबारीमा रंगी चंगी फूलहरु फुलोस,
हजुरको धानको भकारिहरु १२ महिनै चुलोस,,,
बाधा अड्चन ले रोकेका हजुरको बाटोहरु बिना कस्ट चारै दिसा खुलोस …
हजुरको रुप रंग देखेर सारा संसार भुलोस ..

म बिबश छु

“म बिबस छु”
सागर भए मेरो जीबन
तिमीलाई लागि बगी जान्थे,
हावा भए मेरो जीबन
भुवा सरि उडाइ लान्थे…
अफसोच!!
चार देवर भित्र कैद पर्नु परे छ जीबन,
उजाड लाग्दो फागुन्पछिको
चैत्त भएर झर्नु परेछ जीबन…………..

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

गयौ तिमी

‘गयो तिमी ”
बिस्वास धेरै गर्ने गर्थे तिमीलाई
गयो मेरो बिस्वासलाई तोडी ,
एक्लै एक्लै यो मरुभूमिमा
पागल बनाइ मलाई छोडी !

तर खुशी छु मायालु
बिगतका पललाई सम्झी तिमि रुन्न भने,

माफी देउ….

माफी देउ….
सक्छौ भने माफी देउ
सक्दैनौ भने सजाय देउ,
पाउ पर्छु तिम्रो सामो
जिबन भरि कजाई देउ !
ठुलै गल्ति लाग्छ भने
गालाई गालामा बजाई देउ,
जिबन भरि गुलामी गर्छु
जे मन लाग्छ सजाय देउ!!

लुकी छिपी ……………

लुकी छिपी ……………
लुकी छिपी लाको माया
नफक्रिदै झर्ला सानु ,
लुकौनी गर कलेजोमा
पराइको आँखा पर्ला सानु !

माया मम्मताले गोड्ने गर
कोपिलामै मर्ला सानु
जोगाएर राखा फुलबारी

भो….भो…नगर ..

भो….भो…नगर ..
अतितका चोट सम्झि,
भो तिमि रुनी कुरै नगर
चर्किन्छ यो छात्ती तिम्रो व्यथामा
भो मेरो मुटु छुनी कुरै नगर !
रमाएर जिउल हामी दुई हेर
अब ……
भो दु:खी हुनी कुरै नगर ..

उफ्फ्फ्

“उफ्फ्फ़”
वाक्क दिक्क लाग्छ आफै
कसको निम्ति बाँच्नु जस्तो,
अर्थहीन यो जिबन मेरो
कसको निम्ति साँच्नु जस्तो !
छाती भरि पिडा लुकाई
देखाउटी रुपमा कति हाँस्नु जस्तो,
टुक्रिएका मन मुटुलाई