Skip to content

“कठै मेरो….”
पानी पस्यो रे घर भित्र
छानो चुनाले,
मर्मत – समार गरि दिने
कोहि न’ हुनाले !
लेऊ लाग्यो रे घरको भित्ता
पोत्ने न’हुनाले,
खेत बारी नि बाँजई छ रे
जोत्ने न’हुनाले !!
कठै मेरो आमा-बाबा
ति सबै हेर्दै रुन्छ रे,
बुढेसकालमा कोहि नहुँदा
पल-पल मुर्छ हुन्छ रे !
धिकार लाग्छ आफैलाई
बस्नु पर्दा यहाँ ,
जन्मे हुर्कें त्यो नै घरमा
बस्न नसक्दा त्यहाँ ………..
जन्मे हुर्कें त्यो नै घरमा
बस्न नसक्दा त्यहाँ ………..!

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *