Skip to content

प्रसिद्धि सिद्धिथुम्काको

  • by


तपाईंले इलाम भ्रमण गर्नुभएको छ भने इलाम सदरमुकामबाट पश्चिमपट्ट िएउटा अग्लो डाँडा देख्नुहुन्छ । त्यही डाँडा हो – सिद्धिथुम्का सूर्योदय र सूर्यास्तका दृश्य, विभिन्न मनोरम हिमशृफ्ला तथा तराईका फाँटहरू हेर्नका लागि अति नै मनमोहक स्थल यो डाँडा उपेक्षित अवस्थामा रहेको छ । पर्यटन विकासका लागि इलाममा काम गर्ने सरकारी तथा गैरसरकारी संस्था नभएका होइनन् तर सिद्धिथुम्कामा पर्यटकलाई पुर्‍याउनेतर्फ कसैले पनि चासो नदेखाएकोमा स्थानीय वासिन्दा चिन्तित छन् ।

सदरमुकामबाट तीन/चार घण्टामा पुगिने यो डाँडाबाट कञ्चनजङ्घा, कुम्भकर्ण तथा महाभारतजस्ता अति नै सुन्दर पर्वतीय हिमशृफ्ला देख्न सकिन्छ । यहाँबाट इलाम जिल्लाको ४८ गाविसमध्ये ४५ गाविस देखिन्छ । बिहानको झिसमिसे र बेलुकाको समयमा यहाँबाट हेर्दा भारतको सिलिगुडी, विहारको भू-भाग, झापा, सुनसरी, मोरङ, धनकुटा र इलाम बिजुलीको झलमल्लमा रमाएका देखिन्छन् ।

स्थानीय बासिन्दाका अनुसार परापूर्वकालमा यहाँ लाप्चाहरूको बसोबास थियो । उनीहरूलाई गोर्खालीहरूले माईपारी खेदेपछि यहाँ राई, लिम्बूहरू बस्न थालेको बूढापाकाहरू बताउँछन् । केही वर्ष अघिसम्म यस क्षेत्रका बारी खन्दा या जोत्दा लाप्चाहरूले प्रयोग गर्ने गहनाहरू भेटिन्थ्यो भन्ने बूढापाकाका भनाइ अनुसार यहाँको बोरुङ्ग डाँडामा लाप्चा जातिको चिहान पनि रहेको छ । उनीहरूका अनुसार सिद्धिथुम्काबाट खेदिएका लाप्चाहरू माईपूर्वको श्रीअन्तुलगायतका स्थानमा बसेका छन् । यस गाविसमा पहिलोपटक लाप्चा जातिले नै चिया रोप्ने र खाने चलन ल्याएका थिए ।

डाँडामा जीर्ण अवस्थाको ‘दर्शनढुङ्गो’ छ । यहाँ सिंहदेवीको बासस्थान रहेकाले पूजा गर्नाले मनकामना पूरा हुने विश्वास छ । बेलाबेलामा पुराण, पूजा हुने यस ठाउँमा धार्मिक पर्वका अवसरमा भक्तजनको भीड लाग्छ । सिद्धिथुम्का डँाडामा रहेको सुन्दर वनलाई उपभोक्ताहरूले ‘पर्यटन वन समूह’ बनाएका छन् ।

चियाबारे अध्ययन गरिरहनुभएका स्थानीय युवा विष्णु काˆले यहाँ लोपोन्मुख वनस्पति हिमुवा -जङ्गली चिया) भेटिएको बताउनुहुन्छ । सुनगाभा विकास संस्थाका कार्यक्रम संयोजकसमेत रहनुभएका काˆलेले यसको जात सुधार्न सकियो भने यसलाई नेपाली चियाका रूपमा व्यावसायिकता प्रदान गर्न सकिने बताउनुभयो ।

यहाँ बस्नका लागि गर्मी र चिसो ठाउँका चराचुरुङ्गीहरू आउने गर्दछन् । डाँडाबाट आधा घण्टाको दूरीमा रत्न गुफा छ । त्यहाँ ढुङ्गाका विभिन्न आकृति -जाँतो, ढिकी, सर्प आकारको) देख्न पाइन्छ । डाँडानजिकै भिरगाउँको चुलीमा धार्मिकस्थल छ भने डाँडाको छेवैमा रहेको पञ्चमी बजारमा व्यवस्थित होटलहरू छन् ।

सिद्धिथुम्कामा राई, लिम्बू, मगर, तामाङ र ब्राहृमण जातिको बसोबास रहेको छ । यहाँ उनीहरूको सांस्कृतिक रहनसहन, भेषभुूाा अवलोकन गर्न पाइन्छ । राईको वैशाखे उभौली, मङ्सिरे उधौली, साखेवा नाच, लिम्बूको धान नाच, च्याब्रुङ नाच, तामाङको ल्होसार नाच यहाँको सांस्कृतिक आकर्षणहरू हुन् । यहाँका बासिन्दाको प्रमुख पेशा भने कृषि नै हो ।

सिद्धिथुम्का डाँडा इलाम नगरपालिकाको भञ्ज्याङबाट जान सकिन्छ । गाडीबाट जाँदा मङ्गलबारे, जितपुर हुँदै चार घण्टामा पुग्न सकिन्छ । हिउँदमा मात्र यातायातको साधन चल्ने भएकाले वषर्ात्को समयमा भने केही समस्या पर्ने गरेको छ । झापाबाट पनि गाडीमा यहाँ आउन सकिए पनि माईखोलामा पुल नहुनाले यहाँ हिउँदमा मात्र गाडी चल्ने गरेको हो । धार्मिक तथा पर्यटकीय स्थल गजुरमुखीधाम पनि यही स्थान भएर जान सकिन्छ ।

जिल्लाका गैरसरकारी संस्थाहरूले यहाँका स्थानीयवासीहरूलाई रोजगारी तथा सीपमूलक तालिम दिए पनि पर्यटनलक्षित कार्यक्रम तथा तालिमहरू उपलब्ध गराउन नसक्दा उपयुक्त ज्ञानको अभाव रहेको स्थानीयवासीहरूको गुनासो छ । नामसालिङ सामुदायिक विकास केन्द्र, इलामले बनाएको यस गाविसको पाँच वर्षे गुरुयोजनामा यहाँको पर्यटन विकासका लागि डाँडामा भ्यू टावर बनाउनुपर्ने सुझाव दिइएको छ । इलामकै श्रीअन्तुमा फस्टाएको ‘पेइङ्ग गेष्ट’ अवधारणालाई यहाँ भित्र्याउन सके पर्यटन विकासको क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्नेछ । यसका लागि नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समितिलगायत पर्यटन क्षेत्रमा विशेष चासो राखेर काम गर्ने अन्य संस्थाको ध्यान पुग्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *