युवामञ्च २०६७ मंसिर
पश्चिमाञ्चल जिल्लाहरुको नामाकरण रहस्य
वि.सं. २०१८ वैशाख १ गते नेपालमा १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको हो । नेपाललाई समानुपातिक विकास गराउने उद्देश्यले २०२९ सालमा चार विकास क्षेत्रमा र पछि २०३७ सालमा सेती र महाकालीलाई सुदूरपश्चिमाञ्चल बनाई पाँच विकास क्षेत्रमा विभाजन गरिएको हो । यस लेख मार्फत् पश्चिमाञ्चल विकास क्षेत्रभित्र समाहित १४ जिल्लाको नामाकरण के कसरी भयो सोको जानकारी समेटिएको छ ।
राष्ट्रिय विभूति सीता
भगवान् कहलाएका मर्यादापुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजर्षी जनककी छोरी सीता नेपालभूमिकी गरिमामयी पुत्री हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्शभाउजू, आदर्शबुहारी, आदर्शमहारानी र समग्रमा भन्नुपर्दा आदर्शनारीका रूपमा बहुचर्चित सीता नेपालपुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ ।
