भैगो नफर्क भीरमा आफैँ फुलेर जाँदैछु ।
सारा सपना पीरमा सबै भुलेर जाँदैछु ।
सँगै उकाली ओराली गर्दै गोठला गरेको
त्यही कोशीको तिरमा आज डुलेर जाँदैछु ।
सधैँ विरही बनेर रुँदा न्याउली वनमा
मन रहेन थिरमा अनि झुलेर जाँदैछु ।
पार्नु थिएन धमिलो तिम्रो जीवन प्रवाह
त्यही भएर शीरमा आफैँ खुलेर जाँदैछु ।
वर्षा बादल पर्वत अनि क्षितिज पवन
सुन सबैले नीरमा आज घुलेर जाँदैछु ।
