भाग्यले दियो भन्दैमा डोकामा दूध अडिन्न
हिड्नु पर्छ साथी हो नहिँडी अघि बढिन्न
शिखर सधैँ होचो छ आकाशमा बसी हेर्नेलाई
फेदीमा बसी सुस्ताए शिखर कहिल्यै चढिन्न
जिन्दगी एउटा किताब हो उमेर सँगै पढिन्छ
लागेर यसलाई बिताऔँ नभोगी कहिल्यै पढिन्न
सत्यको सडक हिडेर विश्वासको बार समाते
पुगिन्छ आफ्नो गन्तव्य बीचमा कतै लडिन्न
भाग्यले दियो भन्दैमा डोकोमा दूध अडिन्न
हिड्नुपर्छ साथी हो नहिँडी अघि बढिन्न
वोस्टन, अमेरिका
