Skip to content

भाग्यशाली अधिकारी

त्यो पो उदायो भरे

  • by

घाँसै ला ! कतिले भनेर विचरा सारै गरेथे अरे
ठूलो मानव पो भएर जगमा त्यो पो उदायो भरे
साँचो मानव भन्दथे जगतमा बाँच्नै कठिन हुन्छ रे
हो त्यो पागल हो भनेर कतिले राँची पुर्‍याए अरे

कस्तो फुरु फुरु परेको छ

  • by

बाहिर पूर्व रातो भइसकको थियो । लुनु सुत्ने कोठा नजिकै झ्यालमा आएर भँगेराहरू ‘ट्याउँ ! ट्याउँ ! च्याँ ! च्याँ ! चिरिरिरी !’ कराए ।

शीर्षक के हो ? (मुना चैत २०६५)

  • by

एकदिन विद्या दाइले भने लमजुङ जिल्लाको दुराडाँडा भन्ने ठाउँमा एउटा जल्किनी भन्ने गाउँ रहेको पाइन्छ । त्यो जल्किनी गाउँमा एउटा पण्डित नरहरि अधिकारी भन्ने गुरु हुनहुन्थ्यो ।

जल्किनी गाउँको पश्चिम उत्तरतिर खुरिखन्न एउटा गिरगिरे डाँडा रहेको थियो । त्यहाँ २००७ सालमा प्रजातन्त्र आए लगत्तै सबै गाउँलेहरू मिलेर एउटा सहयोग सदन पाठशाला स्थापना गरेका थिए ।

माटो बोक्ने चाहियो

  • by

आओस् जे पनि देशभित्र जन हो त्यो शान्ति नै चाहियो
भौँतारी कति हिँड्छ मानव यहाँ भन्दै त्यही चाहियो
पार्ने त्यो मन नै खुसी भई नीलो आकाश नै चाहियो
त्यस्तो स्वच्छ हावा र निर्मल जलै पृथ्वी त्यही चाहियो ।