गाउँ घरकी भाउजूहरू
मलाई “Handsome” भन्दै
तानी तानी म्वाई खान्छन्,
भागौ त “हाई-लिंग” सोंचछन् भन्ने डर छ
नभागौ त “बीरे, बले, भीमे” दाइको डर छ
खोई ! दोष कसलाई दिऊँ ??
बगमफुसे दाइलाई !
कि बै….सा…..लु भाउजूलाई !
कि दुईवटा राख्ने फ्यासनलाई !
एउटामा प्राण नाथ “I Miss U”
अर्कोमा आऊ “Darling” जवानीको मज्जा लिऊँ !
बच्चालाई स्कूल पुर्याउने निहुँ छ
रातो लिप्सटिक धसिया छ
“Tight” कमिज अनि जिन्समा “बिल्ली-हिडाई”
वाह ! वाह ! क्या चाल छ, क्या चाल छ !
अस्ति खेरि तामाङ सेलोमा रमाउने भाउजू
हिजो आज त मुन्नी बदनाम भन्छिन्
आफ्नो घरको पत्तो छैन
अर्काको रामायण-महाभारत सबै कहन्छिन !
बीरे, बले, भीमे दाई त पल्टन गाको धेरै भो
यता भाउजूको ओजन बढेको-बढेकै छ
खाएको विष मात्र लाग्छ भन्छन्
खोई! यहाँ त नखाए नि मलाई पो डर भो !
ब्रान्डी र भोड्काको झोल रातभरी गाको-गाकै
घरमा चै ग्रह दशा शान्तिको जाप
होम को दहुरा सेलेकै छैन
भाको जति सबै पोकोपरी भाउजू नया दाइ सित टाप !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *