समीर छेत्री
गीत यो गाउदैछु
निरसताको जीवन मेरो साह्रै नै उजाड,
उमंग देखे आशा है देखे तिमीमा हजार ।
इच्छा है जाग्यो तिमीलाई आफ्नो बनाउने मलाई,
सहर्ष तिमीले अँगाल्यौ प्रभू म जस्तो पापीलाई ।
न्यानो अँगालोमा प्रभु मालाई बाँधीदेउ,
संसारको झुटो मोह देखि टाडा लगिदेउ ।
जीवनरुपी बगैचाको प्रभु तिमी माली बनीदेउ ,
स्पर्ष गरी म टुसालाई ढकमक्क फुलाईदेउ ।
सोनादा साहित्य संस्थानको तत्वधानमा १९८ औं भानुजयन्ती समारोह सम्पन्न
१९७ औं भानुभक्त जन्म जयन्ती समारोह कार्यक्रमको रुपरेखा
सोनादा साहित्य संस्थान्
सोनादा, दार्जीलिंग
प० सं० – एस०/१ एल०/७४७५८
मिति १३ जुलाई २०११ समय बिहान १०३० बजे
१. समारोह अध्यक्ष
श्रीउदय सुब्बा ‘गोर्खा’
२. प्रमुख अतिथि
श्रीके० बि० मुखिया
३. बिशिष्ट अतिथि
श्रीदेवकुमार प्रधान
श्रीकुमार चौहान
श्रीअशोक छेत्री
श्रीपी० ‘अभाव’
श्रीआर० एम० राई
४. भानुभक्तको तस्वीरमा दीप प्रज्वलन एवं श्रद्धा आर्पण
अध्यक्ष एवं प्रमुख अतिथि साथै अन्यन्यका तर्फबाट
५. स्वागत भाषण
मूलसचिव राजेन्द्र ‘पासा’
६. रामायण पाठ
श्रीरामप्रसाद खनाल
७. भानुभक्त बारे केहि शब्द
चुरोट समिति अध्यक्षको आह्वान
धेरै दिनको मेहनतपछि आज म बल्ल बजारमा आइपुगे । रनेको पसलमा बिस्कुट, साबुन, छौ-छौ, सितै म पनि शानसित चट्ट मिलेर बसेको छु । कहिले काही हामी सबैको एक-अर्कामा बातचित हुन्छ । बिस्कुटलाई आफूमा बडो घमण्ड छ, “सबैलाई म पौस्टिकता दिन्छु”, ऊ सधैं भन्ने गर्छ । साबुन पनि आफूलाई समाज सेवक ठान्छ । छौ-छौ को त झन् कुरै छैन, बडो घमण्डले प्याकेटमा फुल्लिएर बसेको छ । म चाहिँ धेर बोल्दिन यिनीहरूसित मेरो बात पनि मिल्दैन । बरु मेरो दाजुभाइहरू सित दुख-सुखको कुरा गरी बस्छु । हाम्रो सानो घर छ, १० जनाको सानो परिवार । सानो घर भएपनि हामी १० भाइ मिलेर बसेका छौ ।
रने दाइको पसल एकदमै चिसो छ, १० बर्षको मेहनतको कमाईले बनाएको पक्काको पसल । आज दिन राम्रो छ, रने दाइले हामीलाई आशाध्यै माया गर्नु हुन्छ । त्यसैले त आज बरन्डामा बिस्कुन ओछ्याएर हामीलाई घाम तपाउदै हुनुहुन्छ । बिचरा छौ-छौलाई आज अलि बिसन्चो छ ।
हाल खबर के छ आज भोलि हजुरको
हाल खबर के छ आज भोलि हजुरको
चिठी-पत्र आउनै छोड्यो आज भोलि हजुरको (१)
दुर्पिन डाँडा, डाउहिल पाखा सँग-सँगै घुमेको
आलै छ मनमा सम्झना सबै सधैँभरि हजुरको (२)
चौरस्ता मुनि झरीको याममा पोलेको मकै खाएको
झझल्को ल्याउछ यो बर्षे मास घरीघरी हजुरको (३)
बिछोडको योगमा यो मुटु दुख्छ यो छाती चर्कन्छ
त्यो डाँडा हेर्दै प्रतिक्षा साँच्छ दुई नयन हजुरको (४)
www.samirchhetri.blogspot.com
