Skip to content

www.bijusubedibijay.blogspot.com

परमात्मा

१
भारी हुन्छ जिउ
जब मृत्युले अङ्गाल्न खोज्छ
मनमा कुनै दाग छैन
तर तनको थिग्राइमा लागोस् चादर
धरिदियो सन्तहरूले जसरी
कि त्यस्तो उमेर चादर यो

उज्यालो साहित्यलाई समर्थन गरौं

जीवनमा अँध्यारा पक्षहरू हुन्छन्
उज्याला पक्षहरू हुन्छन्
रातमा उज्यालोको आवश्यकता पर्दछ
अँध्यारोमा उज्यालोको आवश्यकता पर्दछ
साहित्यले त्यो बत्ती बाल्न सक्नु पर्दछ

बन्दूकलाई सन्दूकमा राख्न सक्दैनौं हामी

मेरो टाउको दुखे दिमागलाई बोझ हुन्छ ।

मलाई सहन गाह्रो भए मुटुलाई बोझ हुन्छ ।

त्यसैले मैले बोल्नैपर्छ , भन्नलाई अब बाँकी राख्दिन ।

दिमाग र मुटुलाई बोझ पार्न छोडी अब सन्तुलनमा ल्याउँछु ।

दुनियाँ यो यस्तै छ ,

राम्रो चिताउनेलाई कसले दिमाग ठीक छ भनेको छ र !

संसारमा सदियौंदेखि यस्तै चलिरहेको छ ।

झूठको खेती गर्ने पो चलाख हुन्छ यहाँ ,

साँचो कुरा गर्ने त सोझो , निमुखा हुन्छ यहाँ ।

दुनियाँ यो यस्तै छ ,

काम गरी खानेलाई सबैले हेप्छन् यहाँ ,

जसले पनि यो गर त्यो गर अह्राउँछन् मात्रै ।

बसीबसी खानेलाई साहू महाजन भन्छन् यहाँ ,

गीता उपदेश

किन व्यर्थै चिन्ता गर्‍छौ ?
किन डराउने तिमी कोहीसँग ?
कसले तिमीलाई मार्न सक्छ ?
आत्मा न पैदा हुन्छ न त मर्छनै
जे भयो त्यो राम्रो भयो
जे भइरहेको छ त्यो राम्रो भइरहेको छ

शहर

गाउँको स्वच्छ हराभरा वातावरणमा हृष्टपुष्टसँग बसिरहनुभएको राजुको हजुरवुवा राजुलाई भेट्न पहिलोपटक शहरमा आउनुहुन्छ । शहरको धुवाँ, धुलो, फोहोरले गर्दा राजुको हजुरवुवाको फूर्ती सबै दुर्गन्धित वातावरणले गर्दा खत्तम हुन्छ । यस्तो वातावरणले राजुको हजुरवुवालाई अक्रान्त नै बनाउँछ ।

गाउँमा हजुरवुवाले रेडियोमा मानवअधिकार आयोग र यसले गरेका मानवअधिकार संरक्षणका उल्लेखनीय कार्यबारे सुन्नु भएको हुन्छ । त्यसैले यसरी अरुको मानवअधिकार हनन गरी अक्रान्त पार्नेहरुलाई ठीक पार्नु पर्यो भनेर जङ्गिएर हजुरवुवा मानवअधिकार आयोगको कार्यालयमा जानुहुन्छ । हजुरवुवालेले मानबअधिकारको कार्यालयमा आफूलाई घटेका कुराहरुको सबै बेलिविस्तार लाइसकेपछि मानवअधिकार आयोगको सुट बुट लगाएको कर्मचारीले धेरै सोचेर एउटा राम्रो बट्टाबाट धेरै मोल जाने चुरोट खुइय्य तान्दै हजू्वुवा तिरै फुक्दै शानसँग भन्न थाल्छ ।