जीवनमा अँध्यारा पक्षहरू हुन्छन्
उज्याला पक्षहरू हुन्छन्
रातमा उज्यालोको आवश्यकता पर्दछ
अँध्यारोमा उज्यालोको आवश्यकता पर्दछ
साहित्यले त्यो बत्ती बाल्न सक्नु पर्दछ
जसले अँध्यारो मेटाउनु पर्दछ
पहिले राजाको शासनकालमा साहित्य निष्पक्ष भनेर
अँध्यारो उज्यालो कुनैको पनि समर्थन गर्दैनथे
उज्यालो छर्नेहरूलाई साहित्यमा आउनु दिइनु हुन्न भन्ने मान्यता थियो
उज्यालोको समर्थन नगर्ने
अँध्यारोको वेदना बोल्न नदिने
अन्ततः अँध्यारोका पक्षपोषकनै हुन्
उज्यालोको समर्थनलाई उनीहरूले राजनीति भने
वास्तबमा उनीहरूले निकृष्ट राजनीति गर्दै आएका थिए
अहिले पनि हाम्रो समाजमा यस्ताकै बोलवाला छन्
उनीहरूसँग अहिले पनि तक्मा र पुरस्कार प्रसस्तै छन्
अहिले पनि हाम्रो समाजमा यस्ताका बोलवाला छन्
उनीहरू अझै नामूद साहित्यकार भइरहेका छन्
हामीले बेलैमा चिन्नु आवश्यक छ
उज्यालो छर्दै जानुछ
उनीहरू भनेका अङ्गुलिमालहरू हुन्
अङ्गुलिमाल बुद्ध बनेको जस्तै
उनीहरूलाई पनि बुद्ध बन्ने मौका दिइनु पर्छ
अहिले सामाजिक रुपान्तरणको युग हो
अब साहित्यले उज्यालो दिँदा राजनीति हुँदैन
साहित्यले कला मात्र दिने होइन
बिचार पनि दिनु पर्छ
अहिले सामाजिक रुपान्तरणको युग हो
भलै पुरस्कार नपाउन्
भलै सम्मान नपाउन्
एकदिन अवश्य उज्यालोको समर्थन गर्नेको
युग आउनेछ
सबैतिर उज्यालो बनाऔं ।
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौ
bijusubedi@hotmail.com
