Skip to content



भारी हुन्छ जिउ
जब मृत्युले अङ्गाल्न खोज्छ
मनमा कुनै दाग छैन
तर तनको थिग्राइमा लागोस् चादर
धरिदियो सन्तहरूले जसरी
कि त्यस्तो उमेर चादर यो
तर म दुर्वल मानिस
मृत्यु नजिक आइरहेको छ
कहाँसम्म गरुँ सफासुग्घर
वालापनले भिजाइदियो
यौवनले मैल्याइदियो
अब कहिले रङ्गयाउने व्यक्ति आउने हो ?
चादर निस्काम कहाँनिर होस् ?

शासकीय सेवामा छु
चार दिनको विश्राम लिएँ
वोधी दिवसमा
शिरमा हिमालय जस्तो बोझ छ
बुद्धिको सहारा बुद्धाश्रम पुगेँ
प्याला पिएँ परमात्माको
हिमालय गलेर गयो सन्तापको
भएर गयो शान्त
फर्कन भुलेँ
तर हिसाब गर्यो बुद्धिले
घरको के हुनेछ ?
परिवारको के हुनेछ ?
झट्टै हृदयले भन्यो
हराइदेऊ , गोता लगाइदेऊ प्रियको सागरमा
यस प्रकार जिएको थिएँ
मनमा ठूलो द्वन्द्व थियो
बुद्ध मेरो साथमै भएर पनि

सागरको मोह भएपनि
यो डुबुल्की भएन
यो फेरि नयाँ संसार भयो
जब ममा डुबेँ
तर डुबुल्की ठीकसँग लागेजस्तो भयो
फेरि म जहाँ गएँ
ममै डुबिरहेँ
यदि कहिलेकाहीँ धुलो धुवाँ जम्यो भने
फेरि बुद्ध कहाँ जाँदै गरेँ
फेरि डुबुल्की लगाएँ
तर अब सागरको किनारमा बस्नु जरुरी भएन
घरद्वार छ
परिवार छ
बच्चाहरू छन्
यहाँ पनि परमात्मा छ
जत्ति त्यहाँ छ
मबाट तन !
तनबाट मन !
मनबाट आत्मा !
आत्माबाट परमात्मा !

बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@hotmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *