www.bijusubedibijay.blogspot.com
भगवानको रोवोट
म एउटा तिम्रो रोबोट
अरूहरू पनि त्यस्तै म जस्तै रोबोटहरू
म एउटा रिमोटबाट सञ्चालित
किनकी मेरो दिमाग रिमोटबाट सञ्चालित छ
मेरो दिमाग कुनै मनुवाले भनेको मान्दैन
तर पनि मेरो दिमाग मेरो वशमा छैन
कसैले भनेको नमान
आफुलाई भित्रबाट जे लाग्यो त्यो गर भन्छ
तर आफ्नो दिमाग तिमीबाट सञ्चालित छ
हो दिमाग रिमोटबाट सञ्चालित छ
त्यो रिमोट दबाउने को हो ?
त्यही रिमोटले कसैलाई तिमीले असल बनाइदिन्छौ
त्यही रिमोटले कसैलाई तिमीले खराब बनाइदिन्छौ
त्यो रिमोट दबाउने तिमी भगवान हो ?
भगवान हो भने किन पाप बढेको ?
के पाप बढाउने तिमीलाई अधिकार छ ?
के पाप बढाउने तिम्रो कर्तब्य हो ?
अन्तिम परीक्षा (कविता)
चोरेको छैन,
ढाँटेको छैन,
लुटेको छैन
परिश्रम गर्न छोडेको छैन
स्वदेशको माया धेरै लाग्छ
परदेशमा काम गरेको छैन
सरकारी काम गर्न सोर्स–फोर्स छैन
साहूहरुको काम गरिरहेछु
साहूहरुले श्रमको मूल्य दिएका हैनन्
कत्ति ठाउँमा काम गरिसकेँ
कसैले श्रमको मूल्य दिएनन्
बरु तालिम भन्छन् उनीहरु
जीवन धात्र गाह«ो भएको छ
कसरी लालावालालाई खुवाउने ?
समस्या जिउँका तिउँ छ
पैसा कहिल्यै बचाउन सकेको हैन
कुनै लगानी गर्न सकेको छैन
व्यापारी पनि बत्र सकेको हैन
पढेपछि केही न केही त हुन्छ नि भनेर
पढाइ भने टत्र गरेको छु
सरस्वतीको वास छ
लक्ष्मीको वास छैन
सबैले तैंले जेपनि काम जान्छस् भन्छन्
सहयोग माग्न आउँछन्
निर्दोष काग (लघुकथा)
हत्या र हिँसा विरुद्ध बृत्तचित्र बनाउनुपर्ने महसूस गरियो ।
एउटा कागलाई मारियो । चउरमा खाल्डो खनी गाडियो । गाडेको भिडियो खिचियो ।
कागलाई गाडेको त्यो दृश्य देखेर आकाशमा मडारेर कोलाहल, खैलाबैला गरी बिचलित भएर थुँग्नलाई आक्रमणमा उत्रिरहेका झूण्ड–झूण्ड कागहरूको पनि एकछिन भिडियो खिचियो र यी माथिका सबै दृश्यहरू देखाइसकेपछि अन्त्यमा ती विचलित कागहरूको कोलाहलको दृश्यमा सन्देश दिइयो पनि भनियो पनि “हत्या हिँसाका विरुद्ध यसरीनै उत्रौं”।
सम्झौताको कठपुतली(लघुकथा )
जवान हुँदै गएपछि प्रदिपको हजुरबुबासँग विद्रोह गरी प्रदिपको बुबा अमरले क्रान्तिकारी सिद्धान्त अपनाई समाजलाई कुनैपनि हालतमा परिवर्तन गर्ने सोच बनाएको थियो । अमर कुनैपनि कुरामा सम्झौता नगरी आफ्नो सिद्धान्तमा अडिग रहेर जिइरहेको थियो । जब अमरको बिहे भयो, प्रदिप जन्मियो, प्रदिपका भाइबहिनीहरू जन्मिए, यस्तो प्रक्रिया हुँदै गर्दा अमरले आफ्नो सिद्धान्तलाई वलिदान दिँदै गयो र ऊ पनि सम्झौताको कठपुतली हुनथाल्यो ।
समयले कोल्टे फेर्दै गयो ।
आजको हिरो माइकल (लघुकथा)
उसको नाम के हो मलाई थाहा छैन तर माइकल भनेपछि टोलका सबैले उसलाई चिन्दछन् ।
म बिहानै एउटा स्टान्डर्डको होटलमा माइकलसँगै चिया पिउँदै थिएँ । त्यहाँ हामीले एउटा–एउटा समोसा पनि खायौं । खान सकेपछि अलिबेर पैसा कसले तिर्छ उसैलाई फाइदा हुनेजस्तो ताल पर्यो । मैले नै पर्स निकालेर काउण्टरमा गएर साहूजीलाई “कति भयो ?” भनेर सोधेँ ।
“बैसठ्ठी रुपियाँ भो” भनेर साहूजीले भन्यो ।
नभत्रुस् (लघुकथा)
प्रदिपले पत्रकरिता गरेको तीन वर्ष भइसकेको थियो । आन्दोलनको बेलामा १९ दिन अफिसमा उपस्थित हुन नसकेकोले उसको जागिर गएको थियो । त्यो बेला उसले दैनिक पत्रिकाका लागि दैनिक स्तम्भ लेख्ने काम गर्दथ्यो । उसले तीन वर्षको अवधिमा लेखेका सारा नोटहरू आफ्नो पेनड्राइभमा सेभ गरेर राखेको थियो । पेनड्राइभबाट उसले एउटा सिडीमा पनि सेभ गरेर राखेको थियो । पेनड्राइभमा भाइरस परेकोले उसले डाटाहरू हटाएको थियो । तैपनि पेनड्राइभ नचलेकोले त्यो पेनड्राइभ उसले आफ्नो साथी बिप्लबलाई जिस्केर “ला तँलाई यो पेनड्राइभ उपहार भो” भनेर दिएको थियो । तर बिप्लबले त्यही पेनड्राइभलाई बनाएर त्यसमा गीतहरू सेभ गरेर उक्त पेनड्राइभबाट गीतहरू सुन्दै गरेको थियो । गीत मन नलागेपछि त्यो गीत डिलिट गर्थ्यो र अर्को गीत राखी सुत्रे प्रक्रिया गरिरहन्थ्यो । यसो गर्दा गर्दै उसले पनि उक्त पेन ड्राइभ बिगार्यो र उसले बिग्रेका इलेक्ट्रिक सामानहरू राख्ने घर्रामा उक्त पेनड्राइभलाई थन्क्याएर राखेको थियो ।
राष्ट्रिय पोशाकको हविगत (लघुकथा)
पहिले
उसको बुबाले राष्ट्रिय पोशाक लगाउन खोज्दा उसले आफ्नो बुबालाई “ बेइज्जत गर्न लाग्नु भएको ? पागल तालले हिँड्नुहुन्छ ?” भनेर जबर्जस्ती आधुनिक पहिरन लगाउन दिन्थ्यो ।
अहिले
उसले राष्ट्रिय पोशाकको महत्व बुझिसकेको छ । उसले राष्ट्रिय पोशाक लगाउन खोज्दा उसको छोराले पहिले उसले आफ्नो बुबालाई गरेको व्यबहार गर्दछ ।
निस्तो भात (लघु–कथा)
रामलाई अञ्जना सारै मनपर्थ्यो तर अञ्जनालाई राम मनपर्दैनथ्यो । किनकि रामले होटलमा रक्सी पिएको अञ्जनाले देखेको थिई । रामले जीवनमा त्यही एकचोटी पिएको रक्सी उसको जीवनविष बनिदियो । आफूले मनपराएको केटीले त्यसैका कारण बिहे गर्न चाहिनन् । रामले रक्सी एकचोटी बाहेक पिउँदै नपिएको भनेर अञ्जनासँग कसमै खायो तर अञ्जनाले रक्स्याहाको विश्वास हुँदैन भनेर विश्वासै गरिनन् ।
रामले सम्झाउन नसकेकोले आफ्नो बुबा धर्मसँग यसबारेमा सल्लाह मागे । धर्मले पनि अञ्जनाको घरमा गएर उनको आमाबुबासँग अञ्जनाको हात मागे तर रक्सीवाजसँग बिहे गरिनदिने निर्क्यौल गरे अञ्जनाको आमाबुबाले ।
होली र रङ्ग
धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूणिर्माको एक हप्ता अगाडि चीर ठड्याइसकेपछि औपचारिक रुपमा होली सप्ताह शुरु हुन्छ र आज हामी होलीको प्रत्यक्ष अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होलीले पूणिर्माको भोलिपल्ट तराइका २१ जिल्लामा धुमधामको रुप लिन्छ भने पहाडका ५४ जिल्लामा पूणिर्माका दिन धुमधामको रुप लिन्छ । जसरी होलीको बेला मोजमस्ती गरिन्छ । नाचगान ढोल, मादर, मञ्जीरा, ध्रुपद, धमार होस् या खैंजडी आदिबाट, यसै प्रकारको मस्तीको बेफिक्री व्यञ्जन पनि यसको अभिन्न हिस्सा हो ।
- « Previous
- 1
- 2
- 3
- Next »

असार पन्ध्र रमाऔं आज हिलोमा मैलोमा