Skip to content

Samay Dainik

अपतनहरूलाई श्रद्धाञ्जलि दिँदै अपतन साहित्य परिषदले साहित्यिक कार्यक्रम गर्ने

अपतनहरूलाई श्रद्धाञ्जलि दिँदै अपतन साहित्य परिषदले साहित्यिक कार्यक्रम गर्ने

गान्तोक, 26 अगस्त।
अपतन साहित्य परिषद्‌ सिक्किमले आगामी 23 सितम्बरको दिन गान्तोकमा एउटा साहित्यिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ। 1947-मा स्थापित अपतन साहित्य परिषद्‌ 1970 दशकदेखि निष्क्रिय रहेको भए तापनि गत वर्ष यसलाई पुनर्जीवित गरिएको थियो। परिषदले गत वर्ष नै सो कार्यक्रमको आयोजन गर्ने निर्णय गरेको भए तापनि 18 सितम्बरको भूकम्पका कारण कार्यक्रम स्थगित गरिएको थियो।

कविताहरू – ५

मानिसहरूमा एक भिन्न प्रकारको विचार त्यस समय आउने गर्छ जब उसको सम्पूर्ण आय स्रोतका बाटाहरू बन्द हुँदै जान्छन् । वास्तवमा हिजो-आज यस शहरमा पनि यस्तै भइरहेको छ । कविताका सम्पूर्ण आय स्रोतका बाटाहरू बन्द भएका छन् । कविताहरू जस्ताको सबै आय स्रोत बन्द बन्दै गइरहेका छन् । तर कविताले यस शहरमा बाँच्नुछ । जीवन यापन गर्नुछ । यस पापी संसारमा जिएर देखाउनु छ । कविताले संघर्ष गर्नु छ । यो कविता कुनै समय सबैकी प्रशंसाकी धनी थिई । उसलाई चाहनेहरू यस समाजमा धैरै थिए । उसका कारनामाहरूका किस्सा दिन दिनै समाचारपत्रहरूमा छापिन्थे ।