पर्यटन भूगोल अनि यसका तत्त्वहरू

पर्यटन भूगोल अनि यसका तत्त्वहरू
0 पारसमणि शम

पर्यटन भूगोल अथवा भू-पर्यटन मानव भूगोलको एउटा शाखा हो। यस शाखामा पर्यटन एवं यात्राहरूसित सम्बन्धित तत्त्वहरूको अध्ययन, भौगोलिक पृष्ठभूमिलाई ध्यानमा राखेर गरिन्छ। नेशनल जिओग्राफिकको परिभाषाअनुसार कुनै स्थान अथवा त्यसका निवासीहरूको संस्कृति, सुरुचि, परम्परा, जलवायु, पर्यावरण, तथा विकासको स्वरूपको विस्तृत ज्ञान प्राप्त गर्ने अनि त्यसको विकासमा सहयोग गर्ने पर्यटनलाई नै पर्यटन भूगोल भनिन्छ। भू-पर्यटनका अनेक लाभ छन्‌। कुनै स्थलको साक्षात्कार भएपछि त्यससित सम्बन्धित जानकारी अनुभवद्वारा प्राप्त भएको कारण पर्यटन तथा त्यहॉंका निवासीहरू दुवैको अनेक प्रकारले विकास हुनेगर्दछ। पर्यटन स्थलमा अनेक प्रकारका सामाजिक तथा व्यापारिक समूह मिलेर काम गर्छन्‌। यसबाट पर्यटक र निवासी दुवैको अनुभव अधिक प्रामाणिक तथा महत्त्वपूर्ण बन्नजान्छ। भू-पर्यटनले एका-अर्कालाई सूचना, ज्ञान, संस्कार र परम्पराहरूको आदान प्रदान गर्न सहयोग गरिरहेको हुन्छ, यसबाट दुवैलाई व्यापार तथा आर्थिक विकासको अवसर प्राप्त हुँदछ। स्थानीय वस्तुहरू, कलाहरू र उत्पादनलाई नयॉं बजार प्राप्त हुन्छ र मानवताको विकासको दिशा पनि खोलिनको साथै नानीहरू र परिवारका लागि सॉंचा कथाहरू, चित्र, र फिल्महरू प्राप्त हुन्छन्‌ जो पर्यटकहरूले आफ्नो यात्राको समय बनाउने गर्दछ। पर्यटन भूगोलको विकास अथवा क्षयमा पर्यटनको स्थलको राजनीतिक, सामाजिक, र प्राकृतिक कारणहरूको विशेष महत्त्व हुन्छ अनि यसको विषयमा जानकारीका निम्ति मानचित्र आदि केही उपकरणको आवश्यकता पनि पर्दछ।

पर्यटनको भौगोलिक प्रारम्भ
भूगोल तथा पर्यटनको सम्बन्ध धेरै पुरानो हो। तर पर्यटनको भौगोलिक प्रारम्भ भने बिस्तारै शुरु भएको हो। प्राचीन कालदेखि नै मानिसहरू एक स्थानबाट अर्को स्थान गमन-आगमन गर्ने गर्थे। अनेक प्रजाति जस्तै, मङ्गोल प्रजाति, निग्रो प्रजाति आदिले अन्तरमहाद्विपीय स्थानान्तरण गरे। तर यो पलायन केवल जीवनको स्तरमा आधारित थियो अनि यो मानव बसाइँको स्थायी प्रक्रिया थियो। अतः यसको कुनै पर्यटन महत्त्व मान्नसकिँदैन। जब खोजको युग शुरु भयो तब पोर्तुगल र चीन जस्ता देशका यात्रीहरूले आर्थिक, धार्मिक तथा अन्य संस्कृतिलाई बुझ्ने र जान्ने जिज्ञासा लिएर अनेक अज्ञात स्थलको खोजी गर्न शुरु गरे। यस समय परिवहनको साधन, केवल समुद्री मार्ग एवं पैदल मार्ग मात्र थियो। यहींबाट पर्यटनलाई छुट्टै रूप तथा महत्त्व प्राप्त हुनथाल्यो। भूगोलले पर्यटनलाई विकासको बाटो देखायो अनि यही बाटो हिँडेर पर्यटनले भूगोलका लागि आवश्यक तथ्य एकत्रित गऱ्यो। आमेरिगो वेस्पुची, फर्दिनान्द मेगेलन, क्रिस्टोफर कोलम्बस, भास्को दा गामा र फ्रान्सिस ड्रेक जस्ता साहसिक यात्रीले भूगोलको आधार बोकेर समुद्री बाटोबाट अपरिचित स्थानहरूको खोजी शुरु गरे अनि यहींबाट भूगोलले पर्यटनलाई एउटा प्राथमिक रूप प्रदान गऱ्यो। अनेक संस्कृति, धर्म र मान्यताको विकास पर्यटन भूगोलद्वारा नै सम्भव भयो। विश्वको विकास र निर्माणमा पर्यटनको भूगोलको बढी महत्त्व छ। यसको परिभाषा दिँदै के भनिएको छ भने – खोजको जादूमय आकर्षण नै पर्यटन भूगोलको आधार हो अनि स्वयं सम्पर्कमा आकार प्राप्त गरिएको प्रामाणिक अनुभव यसको शक्ति हो। हिजोआज भूपर्यटनको परिधि भू-पार गरी अन्तरिक्षसम्म पुगेको छ।

भौगोलिक विचारधाराहरूमा पर्यटन :
प्राचीन एवं मध्यकालमा धेरै प्रसिद्ध भूगोलवेत्ताले अनेक स्थानको यात्रा गरे। ग्रीसेली विद्वान्‌हरूले भूगोलको धेरै विकास गरेका छन्‌। यो त्यो समय हो जब संसार केवल एशिया, युरोप र अफ्रिकामा सीमित थियो। अनेग्जीमेण्डरले अनेक स्थानको यात्रा गरे। उनलाई संसारको सर्वप्रथम मानचित्र निर्माता बताइएको छ। इरैटोस्थनिजले पृथ्वीको परिधि नाप्न इजिप्टको आश्वान क्षेत्रमा साइने नामक स्थानलाई आफ्नो प्रयोगस्थल बनाए जो आज पनि पर्यटकहरूका लागि आकर्षणको केन्द्र रहिआएको छ।
कोलम्बसको यात्राहरू र यसै गरी पोसिडोनियसले पनि आफ्ना शास्त्रहरूमा भौतिक भूगोलमाथि बल दिए। अर्कोतिर उनले गेलेसियाका मानिसहरूको वर्णन पनि गरे। क्लाडियसले धेरै ग्रन्थ एवं मानचित्र रचना गरे।
रोमन विचारधाराअन्तर्गत स्ट्रेबो, पोम्पोनियस मेला र प्लिनीले धेरै स्थानको यात्रा गरेका थिए। स्ट्रेबोले के लेखे भने- भूगोलद्वारा सम्पूर्ण संसारका निवासीसॅंग परिचय हुन्छ। भूगोलवेत्ता एउटा यस्तो दार्शनिक हो जो मानवजीवनलाई खुशी बनाउन अनि खोजीमा संलग्न हुन्छन्‌। पोम्पोनियस मेलाको ग्रन्थ कस्मोग्राफीमा विश्वको संक्षिप्त वर्णन गरिएको छ।
अरब विचारधाराअन्तर्गत अरब विद्वान्‌ अल इदरिसीले केवल पर्यटनको उद्देश्य राखेर एउटा पुस्तक लेखे। यो पुस्तक उनले मनोरञ्जनका लागि विश्व भ्रमण गर्न इच्छुक व्यक्तिका लागि लेखेका थिए। यसका साथै उनले एउटा मानचित्रावली पनि प्रकाशित गरेका थिए। अल वरूणी, अल मसुदी, इब्न बतुता आदि अरब भूगोलवेत्ताले पनि धेरै यात्रा गरेर क्षेत्रीय भूगोलअन्तर्गत पर्यटनलाई बढावा दिए।
भारतीय विचारधाराअन्तर्गत भारतीय परम्परामा परिब्राजकको स्थान प्राचीन कालदेखि नै छ। सन्यासीलाई कुनै स्थान विशेषसित मोह नहोस्‌ भनेर परिब्राजकका रूपमा पर्यटन गरिरहनु पर्दछ। ज्ञान विस्तारका लागि अनेक यात्रा गरिन्थ्यो। आदिशङ्कर तथा स्वामी विवेकानन्दको प्रसिद्ध भारत यात्रा यसै उद्देश्यले भएको थियो। बौद्ध धर्मको आगमनमा गौतम बुद्धको सन्देसलाई अन्य देशमा पुऱ्याउन अनेक भिक्षुले लामो लामो यात्रा गरे। अशोकले आफ्नो पुत्र महेन्द्र अनि पुत्री सङ्‌घमित्रलाई यसै उद्देश्यले श्रीलङ्का पठा। सामान्यजनका लागि ज्ञान विस्तार र सामूहिक विकासका लागि तीर्थ यात्राहरूको व्यवस्था पनि प्राचीन भूपर्यटनको नै एउटा रूप थियो।

भौगोलिक तत्त्वहरूको पर्यटनमा महत्त्व :
पर्यावरणीय महत्त्व- पर्यटनमा पर्यावरणको महत्त्व सर्वोपरि मानिन्छ। कुनै पनि स्थानको जैव विविधता, पर्यापर्यावरण आदिले त्यस स्थानलाई परिचित गराउँदछ। अस्ट्रेलियालाई कङ्गारूको देश भनेर चिनिन्छ। यसैले कुनै पनि स्थानको जैव विविधताको सुरक्षा र यसले पर्यटन भूगोललाई बल प्रदान गर्छ।

भौगोलिक दृश्यहरूको आकर्षण :
स्थानीय स्थल-आकृतिको गहिराइको आधारमा भौगोलिक भूगोलको अध्ययन गरिन्छ। पर्यटन भूगोलमा यसको अध्ययन ती क्षेत्रहरूमा सीमित हुन्छ जो आफ्नो विशेष स्थल आकृतिको कारण अनौंठो हुनेगर्छन्‌। यो विशेषता निर्जन तथा मानवरहित पाहाडी प्रदेशहरूमा पनि हुनसक्छ, स्वास्थ्यवर्धक जलवायु भएको पाहाडी प्रदेशमा पनि हुनसक्छ। उदाहरणका लागि भारतमा शिमला र माउटअबु। अर्कोतिर नदीहरू, घाटी, सागर, झरना, मरुभूमि तथा भौगोलिक कारकहरू जस्तै पानी, हावा, हिउँ आदिद्वारा उत्पन्न स्थल आकृतिहरू पनि पर्यटकहरूलाई आफूतिर खिच्न सफल हुन्छन्‌।

मौसमी महत्त्व : मौसमी कारणहरू जस्तै तापमान, हावापानी, आर्द्रता, वर्षा आदिले ऋतु परिवर्तनसित सोझो सम्बन्ध राख्दछन्‌। पर्यटकहरू कुनै स्थान घुम्नअघि त्यस स्थानको जलवायुका विषयमा जानकारी प्राप्त गरेर मात्र हिँड्‌छन्‌। कति पर्यटकले जलवायु परिवर्तनलाई स्वास्थ्य लाभको दृष्टिले हेर्ने गर्छन्‌। चिकित्सकहरूले पनि यस्तो सुझाउ दिने गर्छन्‌, यसैले पर्यटनमा मौसमको पनि महत्त्व रहेको हुन्छ।

यातायात व्यवस्था : एउटा सुव्यवस्थित परिवहन व्यवस्था कुनै पनि पर्यटन क्षेत्रको मेरुदण्ड मानिन्छ। पर्यटकहरू आफ्नो पर्यटन कालमा कुनै प्रकारको समस्या नहोस्‌ भन्ने चाहन्छन्‌ अनि आफ्नो मूल स्थानबाट गन्तव्य स्थलसम्म सहजै पुग्न चाहन्छन्‌। यसैले कुनै पनि देशमा पर्यटन विकासका लागि परिवहन व्यवस्थामाथि धेरै बल दिइन्छ। आजको विश्वमा परिवहन सडक मार्ग, रेलमार्ग, हवाई मार्ग र जलमार्गबाट सम्भव छ। अब त अन्तरिक्ष पर्यटन पनि शुरु भएको छर यसका लागि परिवहन व्यवस्था महत्त्वपूर्ण बनेको छ। अमेरिकाका डेनिस टिटो सर्वप्रथम अन्तरिक्ष पर्यटक बनेका छन्‌। उनले 28 अप्रेल 2006 देखि 6 मई 2006 का बीच अन्तरिक्षमा बसेर यो कीर्तिमान स्थापित गरेका हुन्‌।
सांस्कृतिक महत्त्व : प्रत्येक मानव समूहको रीतिरिवाज, संस्कार, परम्परा आदि भिन्न भिन्नै हुनेगर्दछ। सबैले आ-आफ्नै तरिकाले धर्म, पन्थ, तिहार, भाषा अनि पारिवारिक आचरणहरू पालन गर्दछन्‌। यही विविधताको अध्ययन सांस्कृतिक भूगोलमा गरिन्छ। यो विविधताले नै पर्यटकहरूले आकर्षित गरिरहेको हुन्छ।

शिक्षाका लागि पर्यटन : जो पर्यटक अन्य संस्कृति जान्न र बुझ्न इच्छुक हुन्छन्‌‌‌, उनीहरूका लागि हो यो पर्यटन। यी पर्यटक शोध अथवा अनुसन्धानको उद्देश्यले पर्यटकको श्रेणीमा पर्दछन्‌। मुख्यतः स-साना समूहमा विभिन्न प्रजाति तथा जातिको अध्ययन यिनीहरूले गर्दछन्‌। यहॉं पर्यटक मानवको सन्दर्भमा स्थानीय रूपमा जन्म-मृत्युदर, स्वास्थ्य, आवास, धर्म, चाड-पर्व, रीतिरिवाज, शिक्षा, भोजन, मानव बस्तीहरूको बनौट आदि सम्बन्धित आँकडा एकत्रित गरिन्छ। विभिन्न स्कूल, विश्वविद्यालय एवं समाज सेवी संस्थाहरूद्वारा यस प्रकारका यात्राहरू गराइन्छ।

मनोरञ्जनका लागि पर्यटन :
यो ती पर्यटकहरूका लागि हो जो दोस्रो संस्कृतिलाई जान्नका साथै मनोरञ्जनको पनि कामना गर्दछन्‌। भौगोलिक कारक पनि पर्यटकहरूको मनोरञ्जनको कारण बन्दछ किनभने अरुणोदय पृथ्वीको पूर्व दिशाबाट हुँदछ। यसकारण नयॉं वर्षको आनन्द लिन हजारौंको सङ्‌ख्यामा पर्यटक संसारको पूर्वी भागमा जाने गर्छन्‌। न्युजिल्याण्ड र अस्ट्रेलियामा 31 दिसम्बरको दिन लाखौं पर्यटक भेला हुने गर्छन्‌। अर्कोतिर ब्राजिलको साम्बा परेडलाई हेर्न अनि त्यसको आनन्द लिन लाखौं पर्यटक प्रत्येक वर्ष ब्राजिल पुग्ने गर्छन्‌। यस्तै प्रकारले स्पेनमा सॉंढे युद्ध र टमाटर युद्धले पनि पर्यटकहरूलाई प्रचुर मनोरञ्जन दिने गर्दछ। भारतको महाकुम्भ पनि यस्तै महाभेलाको रूपमा स्थापित बनेको छ। यस प्रकारको स्थानीय सांस्कृतिक गतिविधिले आफ्नो रोमाञ्चक प्रकृति र विलगताको कारण संसारभरिका पर्यटकका लागि आकर्षण केन्द्र बन्ने काम गरिरहेका हुन्छन्‌।
मूल देश तथा पूर्वजहरूको प्रतिको आफ्नोपनः आजको संसार धेरै परिवर्तन भएको संसार हो। वर्तमान समयमा हामी विभिन्न देशको समाजमा मिश्रित मानव समूहको दर्शन प्राप्त गर्छौं। धेरै वर्षअघि केही मानिसको समूह धार्मिक, आर्थिक र सामाजिक कारणले आफ्नो मूल स्थानबाट स्थानान्तरित भएर हजारौं किलोमिटर टाढाका स्थानहरूमा पुगेका छन्‌। उनीहरू ती स्थानहरूमा पुगेर त्यहींको निवासी बने अनि मूल स्थानसित सम्पर्क सिद्धियो। उदाहरणका लागि अफ्रिकाको निग्रोहरूलाई दास बनाएर अमेरिका लगियो। भारतबाट गयाना, मरिसस, दक्षिण अफ्रिका, मलेशिया आदि स्थानमा मानिसहरू रोजगारको खोजीमा गए। आज धेरे वर्षपछि आफ्नो दोस्रो पिँढी आर्थिक रूपमा समृद्ध बनेर मूल स्थानमा घुम्न आउँछन्‌। यी प्रवासीहरू आफ्ना पूर्वजहरूको जन्मभूमि हेर्न आउने गर्छन्‌। भारतमा यस्ता प्रवासीहरूलाई स्वागत गरिन्छ।

पर्यटनमा सहायक वस्तुहरू
अलइदरिसीको 1154 मा बनाइएको विश्व मानचित्रमा दक्षिण दिशालाई उत्तरमा देखाइएको छ। पर्यटकले अनेक प्रकारका भौगोलिक मानचित्र, उपकरण र पुस्तकहरूको प्रयोग गर्छन्‌। एउटा सही भौगोलिक मानचित्रवली कुनै पनि पर्यटकका लागि मुख्य साधन हो। मानचित्रहरूमा अक्षांशरेखा र देशान्तर रेखा दिइएको हुन्छ। यसको सहयोगमा कुनै पनि स्थानको लघु रूप कागजमा सतही निरीक्षण गर्नसकिन्छ। मानचित्रवलीमा पर्यटन पुस्तिका, पर्यटन केन्द्रहरू वा विभिन्न स्थानको पर्यटन विभाग, अतिथिगृहहरू, दिशा सूचक आदिको विवरण दिइएको हुन्छ। मुख्यतः यसमा पर्यटकका लागि दर्शनीय स्थलहरूको चित्र पनि दिइएको हुन्छ। यसको सहयोगमा स्थलको ऐतिहासिक र भौगोलिक जानकारी प्राप्त गर्नसकिन्छ। पर्यटन पुस्तिकाले पर्यटकलाई घुम्नका लागि योजना बनाउन सहयोग गर्दछ। स्थानीय प्रशासनले महत्त्वपूर्ण मार्ग र स्थानहरूमा स्थान निर्देशक सूचक निर्माण गरेका हुन्छन्‌। यस प्रकारका सूचकले पर्यटकहरूका साथै अन्य प्रदेशबाट आएका वाहन चालकहरूलाई पनि सहयोग प्रदान गर्दछ।
शोध एवं अनुसन्धान गर्ने पर्यटकहरू वैज्ञानिक दृष्टिकोणमा अधिक ध्यान दिँदछन्‌। कुनै पूर्व योजनाबिनै घुम्न निस्किने मनमौजी पर्यटकहरूलाई खोजकर्ता अथवा रोमाञ्च मन पराउनेहरूको श्रेणीमा राखिन्छ। पर्यटकहरूका लागि उपग्रहबाट खिचिएको तीन आयामी मानचित्र पनि सहयोगी बन्दछ। यसलाई पर्यटकहरूले आफ्नो गोजीमा राखेका पनि हुन्छन्‌। अनेक प्रकारका साङ्‌ख्यिकीय तथ्याङ्कको निरूपणले पनि पर्यटकहरूलाई अनेक प्रकारको अध्ययन गर्न सहयोग प्रदान गर्दछ।

पर्यटनका लागि अवरोधी भौगोलिक कारण
पर्यटनलाई बढावा अथवा विकास गर्न विभिन्न भौगोलिक तत्त्वको धेरै योगदान रहन्छ साथै केही भौगोलिक विनाशकारी घटनाका कारण पर्यटन उद्योगलाई ठूलो नोक्सानी हुनेगर्छ। कुनै विशेष स्थानमा पर्यटक पुग्नअघि नै यस्ता विनाशकारी घटनाले त्यो स्थानलाई समाप्त गरिदिएको पनि हुन्छ। यस्ता भौगोलिक घटनाहरू यस प्रकार छन :

ज्वालामुखी : ज्वालामुखीको विस्फोटबाट निस्किने ग्यास र अम्लीय वर्षा, पृथ्वीभित्रको तातो लाभा, ग्यास, खरानी आदिको भयङ्कर विस्फोट लिएर बाहिर आउँदछ। यस प्रक्रियामा पृथ्वीको गर्भबाट निस्किएको लाभा कतिसम्म तातो हुन्छ भने यसको सामु जुन वस्तु आउँछ त्यो तत्काल नष्ट हुनपुग्दछ। यस तातो लाभाको अतिरिक्त ज्वालामुखीबाट निस्किएको ग्यास र खरानी पनि स्थानीय पर्यावरणका लागि अत्याधिक हानिकारक हुन्‌। ज्वालामुखीबाट निस्किएको ग्यासमा अनेक हानिकारक तत्त्व हुन्छन्‌। जस्तै कार्बनडाइ अक्साइड, सल्फर डाइ अक्साइड, हाइड्रोजनसल्फाइड अनि खरानी आकाशमा छरिन्छ। खरानी कतिसम्म बाक्लो हुन्छ भने कतिपय स्थानमा हप्ता दिनसम्म सूर्यको किरण पृथ्वीमा आउन सक्दैन। यसपछि वर्षाका समय यी हानिकारक ग्यास र खरानी पृथ्वीको सतहमा आएर व्यापक रूपमा विनाश रचाउँदछ। यस प्रकार ज्वालामुखी विस्फोट भएको स्थानका साथै हजारौं वर्गमिटरसम्मको स्थानमा मानिस मात्र होइन पूरै जैव मण्डलका लागि जिउन र विकसित हुन केही समयसम्म अनुकूल वातावरण बन्नसक्दैन। यदि कुनै स्थानमा ज्वालामुखी विस्फोट भएको छ भने त्यो स्थानमा पर्यटकहरूको कमी हुनु स्वाभाविक हो। अर्कोतिर अनेक यस्ता सुप्त तथा जीवित ज्वालामुखी पनि छन्‌ जो पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेका छन्‌। उदाहरणका लागि हवाइको ज्वालामुखी नेशनल पार्क।

भूकम्प : भूकम्प पनि एउटा प्रमुख विनाशकारी भौगोलिक घटना हो। भूगर्भिक हलचलका कारण पृथ्वीको माथिलो सतह हल्लिनुलाई भूकम्प भनिन्छ। यस विनाशकारी भौगोलिक घटनाका कारण ठूलो सङ्‌ख्यामा जनधनको हानि हुने गर्छ। भूकम्पका कारण पैह्रो पनि जाने गर्छ। भूकम्प प्रभावित क्षेत्रमा पर्यटकहरू कम आउने गर्छन्‌ अनि कतिपय पर्यटन क्षेत्रमा भूकम्पको विनाशपछि पर्यटकहरू आउनै छोड्‌छन्‌।

सुनामी : 2004 मा हिन्द महासागरमा आएको सुनामीले जुन विनाश लिएर आयो त्यसबाट दक्षिण पूर्वी एशियाका धेरैजसो देशमा पर्यटन स्थलहरूको विनाश भएको छ। सुनामीका कारण यी स्थानहरूमा पर्यटकहरूले कतिपय स्थानका पारम्पारिक महत्त्व गुमाउनु परेको छ।

भूमण्डलीय उष्मीकरणः भूमण्डलीय उष्मीकरण अन्य भौगोलिक विनाशकारी घटनाजस्तो नभए पनि यो पूरै भौगोलिक प्रक्रिया हो र यसले विस्तारै विध्वंश मच्चाउँछ। यसको प्रभाव केही स्थानमा केही क्षेत्र अथवा केही किलोमिटर सीमित नभएर हजारौं किलोमिटरसम्म पर्दछ।

औद्योगिकीकरण र वन विनाशका कारण पर्यावरणमा कार्बन डाइ अक्साइडको मात्रा बढिरहेको छ जसबाट ग्रीन हाउस प्रभावको जन्म हुँदछ। वायु मण्डलमा कार्बन डाइ अक्साइडको परत बनिएको छ। यसका कारण सूर्यको प्रकाशसित पृथ्वीमा आएको पराबैजनी रेडियोधर्मी किरण पूरै फर्कन सक्दैन र कार्बन डाइ अक्साइडसित मिल्दछ। यो तापीय ऊर्जा वायुमण्डलमा कैद भएपछि धरतीको औसत तापमान वृद्धि हुने गर्दछ जुन भूमण्डली उष्मीकरणको कारण बन्दछ। यसको प्रभाव हिमक्षेत्रमा तीव्रताका साथ पग्लिरहेका हिउँको रूपमा हेर्नसकिन्छ। मौसममा परिवर्तन आइरहेछ र सागरका तटवर्ती क्षेत्रहरू डुबिरहेका छन्‌। स्केण्डिनेविया प्रायद्वीपका अनेक युरोपीय देशले आफ्नो सागर तटीय गाउँहरू गुमाइसकेका छन्‌ जो पहिला पर्यटकहरूको लागि स्वर्ग बनेका थिए। आज पर्यटकहरू कुनै पनि स्थान घुम्नअघि त्यस स्थानको भौगोलिक वातावरण र पर्यावरण विषय जानकारी लिन्छन्‌ र पर्यावरण प्रदूषण क्षेत्र घुम्न रुचाउँछन्‌।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *