Skip to content

आकाशवाणी गान्तोक

सन्त कवि ज्ञानदिल दास

नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्त्व रहेको छ । नेपाली साहित्येतिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र निर्गुण भक्तिकाव्यको रूपमा विभाजन गरिएको छ । सगुण भक्ति काव्यअन्तर्गत रामभक्ति र कृष्णभक्ति अनि निर्गुण भक्ति काव्य अन्तर्गत जोसमनी सन्त परम्पराअन्तर्गतका सन्त साहित्यलाई राखिएको छ । कवि ज्ञानदिल दास यही जोसमनी सन्त परम्पराका महत्त्वपूर्ण सन्त थिए र उनको साहित्य सिर्जनाले नेपाली साहित्यमा विशिष्ट स्थान लिएको पाइन्छ ।

साहित्य अनि समाज

साहित्य संस्कृत शब्द हो अनि यो शब्द सहित-बाट बनेको बताइन्छ। साहित्यको व्युत्पतिलाई संस्कृत साहित्यका आचार्यहरूले हितेन सह सहितः तस्य भावः साहित्यम्‌ भनेर देखाएका छन्‌‌‌। जसको अर्थ कल्याणकारी भाव नै साहित्य हो।