Skip to content

कान्तिपुर साप्ताहिक

साहित्यिक क्षेत्रमा समर्पित: सरुभक्त

पोखरामा रही साहित्यको क्षेत्रमा आफ्नो सारा जीवन समर्पण गर्दै निरन्तर साहित्यिक कृति सिर्जना गरिरहेका व्यक्तित्व हुन्, वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ।

रात्री-बस

उनले एकैछिन् हातेथैली समाइदिन आग्रह गरिन्। मैले समाइदिएँ। भुइँमा लत्रिएको खास्टो बटुलिदिन भनिन्। मैले त्यसै गरें। उनका दुवै हात ब्यस्त थिए। त्यसैले उनी मेरा हातको सदुपयोग गर्दै थिइन्। हुन पनि मेरा हात बेरोजगार थिए। जब हातहरू बेरोजगार हुन्छन्, जसले जहाँ र जसरी प्रयोग गरे पनि हुन्छ। हात मात्र कहाँ हुनु, मेरो त सिङ्गो दिमाग नै बेरोजगार थियो। जब मथिंगल नै बेईलमी हुन्छ र त्यो पनि बैंशको चुलीमा, घडीका सूईहरू नै प्रतिगामी हुन्छन्। घडी दिग्भ्रमित भएको यस्तै दाउ छोपेर समयले आफू अमलेख भएको घोषणा गर्छ।