Skip to content

कान्तिपुर कतार

रात्री-बस

उनले एकैछिन् हातेथैली समाइदिन आग्रह गरिन्। मैले समाइदिएँ। भुइँमा लत्रिएको खास्टो बटुलिदिन भनिन्। मैले त्यसै गरें। उनका दुवै हात ब्यस्त थिए। त्यसैले उनी मेरा हातको सदुपयोग गर्दै थिइन्। हुन पनि मेरा हात बेरोजगार थिए। जब हातहरू बेरोजगार हुन्छन्, जसले जहाँ र जसरी प्रयोग गरे पनि हुन्छ। हात मात्र कहाँ हुनु, मेरो त सिङ्गो दिमाग नै बेरोजगार थियो। जब मथिंगल नै बेईलमी हुन्छ र त्यो पनि बैंशको चुलीमा, घडीका सूईहरू नै प्रतिगामी हुन्छन्। घडी दिग्भ्रमित भएको यस्तै दाउ छोपेर समयले आफू अमलेख भएको घोषणा गर्छ।

एउटा सभासदको आत्मकथा

  • by

बाउले सौतेनी आमा ल्याए । दुवैजना मिलेर आमालाई रातदिन कुट्न थाले । जग्गाजमिन पनि सबै उनीहरूले नै कब्जा गरे । छेउको सानो गोठमा आमा, म र भाइबहिनी गरी चार जनाको शरीर ओत लागेको थियो । आमा अर्काको बनिबुतो गर्न जानुहुन्थ्यो । त्यहाँ खाजा खान दिएको रोटीका टुक्रा वा अलिकति च्युरा पोल्टामा पोको पारेर हामीलाई ल्याइदिनुहुन्थ्यो । आमालाई देख्दा हामी चारो लिएर आएको चराका बचेरा झैं खुसीले नाच्थ्यौं । अलिकति भए पनि सास आउँथ्यो । उता सौतेनी आमाको भान्छामा मासु-भात पाक्थ्यो । बाउ कान्छी स्वास्नीसँग बसेर भुँडी भर्थे । हामी बास्ना (गन्ध !) सुँघेर अघाउँथ्यौं ।

घुम्ने हो शैलुङ ?

  • by

“माथि माथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई”

यो शैलुङको रमाइलो ठाउँ र चौरी हेर्नका लागि काठमाडौंदेखि झन्नै १ सय ४० किलोमिटर पूर्व दोलखामा जान पर्छ । शेर्पा र तामाङ संस्कृति, रमणीय दृश्य, विभिन्न जंगली जडिबुटी र वनस्पति, चौंरीको दूधबाट बन्ने विभिन्न परिकार पाइने यो स्थान दोलखाको सदरमुकाम चरिकोटबाट झन्डै ५० किमि दक्षिणतर्फ रहेको छ ।

तिहार

तिहार आयो उज्यालो ल्यायो
गाँउ र बस्तीमा
मखमली छायो सयपत्री फुल्यो
बारी र बगैचामा
का का गर्दै रमाए काग
उड्दै आकाशमा
गमक्क पर्दै आयो है कुकुर
घर घर गाँउमा
गाई हुन आमा पुज्दै होलान