सिंहवाहिनी -०७- सातौं अध्याय (महामायाको महिमा) सदानन्द अभागी पद्य कविता सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य) by editorMarch 22, 20151 Commentमहामाया भगवती हुन् प्रभावकी खानी यिनको प्रभाव अति गाढा ममताकी दानी यी प्रकृतिकी स्वरूपा हुन् गर्छिन् संरचना विश्वरूपा महामाया हुन् प्रकृतिकी रानी फैलाउँछिन् मायाजाल रङ्ग्याउँछिन् संसार सर्ब–कर्म यिनको लीला गर्छिन् जाना जानी
सिंहवाहिनी -०६- छैटौं अध्याय (सुरथ, वैश्य र मेधाको सम्वाद) सदानन्द अभागी पद्य कविता सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य) by editorMarch 18, 20151 Commentसारा चिन्ता बोकाउने कुन शक्ति होला कहाँ गइ बिसाउने चिन्ता ग्रस्त झोला नसम्झेनी याद आउने तिनैलाई माया लाउने भौतिक शरीर यहाँ छ मन भने त्येतै धाउने
सिंहवाहिनी -०५- पञ्चम अध्याय (आजको परिवेश) सदानन्द अभागी पद्य कविता सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य) by editorMarch 10, 2015छलकपटले चलेको छ यो संसार हेर यी घटना हिजोका हुन् आज अझै धेर आज पनि संसारमा यस्तै कर्म गर्छन् राज्य शक्ति हत्याउन अस्त्र पनि धर्छन् शक्शिाली बाँचेको छ शक्तिको नै भरमा निरिह त बाँचेको छ शक्तिको नै डरमा
सिंहवाहिनी -०४- चतुर्थ अध्याय (सुरथ राजाको वैश्यसँग भेट) सदानन्द अभागी पद्य कविता सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य) by editorMarch 5, 2015दिन प्रति दिन हेर चिन्ता बढ्दै गयो चिन्ताग्रस्त अर्को व्यक्ति बैश्य भेट भयो व्यक्ति थिए दुई तर व्यथा भने एकै शक्ति छिण भए पनि राज्य चिन्ता रह्यो चिन्ता ग्रस्त बैश्य पनि राजालाई भेट्यो अनगिन्ति मन–बह राजामा नै मेट्यो स्वार्थी थिए परिवार स्वर्थपूर्ति गरे त्यै स्वार्थले वैश्यको भावनालाई रेट्यो
सिंहवाहिनी -०३- त्रितीय अध्याय (सुरथ राजाको राज्य हडप) सदानन्द अभागी पद्य कविता सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य) by editorFebruary 23, 2015सुन सुन भक्तजन म केही भन्छु दुर्गा भवानीको लौ सबाइ कहन्छु भवानी देवी हुन् जगतकी माता तिनकै भक्ति भावमा म रहन्छु दुर्गा भवानीका कुरा गर्नु भन्दा सूर्यपुत्र साबर्णि आठौ मनु गन्दा मन चिल्लो पार्छ ईश्वरीय रन्दा गरौं ईश्वरीय चिन्तनको धन्दा
सिंहवाहिनी -०२- द्वितीय अध्याय (देवी वन्दना) सदानन्द अभागी पद्य कविता सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य) by editorFebruary 11, 20152 Commentsसबै मिली आराधना गरौं देवीलाई सर्ब कर्म हुन्छ धर्म सफलता छाई शक्तिदात्री कालारात्री महामायलाई हामी सबै मिलीजुली जुटौं पूजालाई महामाया हुन्छिन् सुलभ भक्तजनलाई नारकीय जीवन देखि मुक्ति दिनलाई साराकर्म बुझ्छिन् मर्म ज्ञान मिल्छ सिद्धि बताउछिन् सर्ब कर्म सम्यक्रूप ल्याई
सिंहवाहिनी -०१- प्रथम अध्याय (शिव–शिवा वन्दना) सदानन्द अभागी पद्य कविता सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य) by editorFebruary 9, 2015जय जय शिव शम्भो त्रिनेत्रकारी शीर गंगा चन्द्रमा जटा मुकुट धारी शिव तिम्रो आराधना हुन्छ कल्याणकारी सवल सृष्टि माथि हामी हुन्छौ सदाचारी शिव शिवाको आराधना जो कोहीले गर्छ उस्को रोगव्याधी दुःखकष्ट हट्छ महामारी
सिंहवाहिनी -००- प्राक्कथन सदानन्द अभागी पद्य कविता सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य) by editorFebruary 6, 20152 Commentsपाठक समक्ष मैले यहाँ राख्छु केही कुरा देवी माहात्म्यको बर्णनको गर्न खोजे पुरा नवदुर्गा दशैमा दुर्गा पाठ गरें पाठ गर्दा गर्दै अलमलमा परें सारतत्त्व नबुझी पढ्दै पढ्दै जाँदा के नै अर्थ हुन्छ भन्ने प्रश्न धरें