Skip to content

सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य)

सिंहवाहिनी -२४- चौबीसौं अध्याय (देवतासँग देवीको भविष्यबाणी)

वैवस्वत मन्वन्तरको अठ्ठाइसौं युगमा
शुम्भ निशुम्भ जन्म लिनन् यसै भूतलमा
दानव हुनन् शक्तिशाली साथै पराक्रमी
ती दुबै मारिने छन् मेरै हातको बलमा

त्यतिबेला मेरो जन्म नन्दगोपको घरमा
यशोदाकी छोरी बनी आउने छु तनमा
मेरो बास हुने छ लौ गइ विन्ध्याचलमा
दैत्यशक्ति नाशगरी शान्ति दिन्छु जनमा

सिंहवाहिनी -२३- तेइसौं अध्याय (शुम्भ वध)

शुम्भको पराक्रमी भाइ रणमा मर्यो
निशुम्भको मृत्युपछि शुम्भ मुर्छा पर्यो
मुर्छाबाट विउँझी शुम्भले रणक्षेत्र हेर्यो
देवीलाई मार्छु भन्दै शुम्भ अघि सर्यो

राजाको विलापमा दैत्य थाल्छन् भन्न
शुभ लग्न छैन प्रभू रण क्षेत्र जान
छोड्यौ स्वर्ग जाउँ पाताल यही हुन्छ राम्रो
शत्रुसँग नगरौं भो आज तानातान

सिंहवाहिनी -२२- बाइसौं अध्याय (निशुम्भ र देवीको युद्ध)

रक्तबीजको वध भयो
शुम्भमा साह्रै दुख छयो
रणकौशल कसो गर्ने
निशुम्भले भन्दै गयो

गरेबार्ता दुई भाइले
पारी मार्का आइमाइले
दाजु धन्दा कुनै नमान्नु
अम्विका ल्याउँछु अहिले

सिंहवाहिनी -२१- एक्काइसौं अध्याय (शुम्भ निशुम्भको तपस्या)

शुम्भ र निशुम्भ दुई भाइ बस्थे पातालमा
चवनको अर्ति मिल्यो लौ चवन तीर्थ महाँ
गर्नु थियो तपस्या अनि जित्नु थियो त्रिलोक
सकल बैभव प्राप्त गरी बस्नु थियो जहाँ

ब्रह्माजीको तप गर्ने अर्ति मिल्यो त्यहाँ
वर उनको अकाट्य हुन जान्थ्यो जहाँ
दुई भाइले तप गरे एकै ठाउँ बसी
हुन गयो तप ठूलो यस लोक महाँ

सिंहवाहिनी -२०- बीसौं अध्याय (रक्तबीजसँग युद्ध)

चण्ड मुण्ड मरेको जब खवर गयो
यो खबरले शुम्भ झनै कुपित भयो

रक्तबीज डाकेर समर कथा कह्यो
सारा वीर मर्न गए अचम्म पो छ यो

रक्तबीज भनेको शिवको हो भक्त
शिवबाटै प्राप्त गर्यो वर अति शक्त

सिंहवाहिनी -१९- उन्नाइसौ अध्याय (शुम्भको दूत र देवी संवाद)

देवीजीको शन्देश पुग्यो राजालाई
शुम्भले दूत बनाई भेजे सुग्रीबलाई
शुम्भले सुग्रीवलाई सबै अर्ति दिए
सुग्रीबले मनन् गरे शुम्भ भावनालाई

शुम्भ भन्छन् –
गई भेट सुन्दरीलाई भन सबै कुरा
मीठा कुरा गर्नलाई तिमी नै छौ सुरा

सिंहवाहिनी -१८- अठारौं अध्याय (चण्ड–मुण्डले देवी देख्नु)

एक दिनको कथा हो यो
शुम्भका सेबक छन् जो

हिमालतिर जाँदाखेरि
मूर्छित परे देवी हेरी

देवीको त्यो सुन्दररूप
नयन रम्य लाग्ने खुप

सिंहवाहिनी -१७- सत्रौं अध्याय (शुम्भ निशुम्भको आतङ्क र देवीका विविधरूप)

शुम्भ निशुम्भ प्रतापी दुई भाइ थिए
युद्ध गरी सबै लोक जितेर नै लिए

सार वैभव ती लोकको गरे उपभोग
देवतामा चिन्ता बढी पस्न गयो रोग
सारा राज्य अनि यज्ञ शुम्भको नै भयो
चन्द्र सूर्य सारा वैभव उनको मै गयो

सिंहवाहिनी -१६- सोह्रौं अध्याय (देवी देवता सम्वाद)

महिषासुर जब मर्यो
देव संकट अब टर्यो
विजयको यो खुसीलाई
सबै भक्तिभावमा सर्यो

सारा लागे ती स्तबनमा
एकाग्र भै भक्तिभावमा
देवी दिन्छिन् दर्शन यहाँ
हर्ष–विभोर भै गाथमा

सिंहवाहिनी -१५- पन्ध्रौं अध्याय (महिषासुर देवीको लडाइँ)

महिषासुरले हेर्दै गयो देवी शक्तिलाई
अझै बुद्धि पलाएन हेर विपत्तिमा आइ

आँफै लियो भैंसीरूप अनि पस्यो रणमा
आतङ्कित पार्न थाल्यो हेर एकै क्षणमा

कतिलाई थुतुनाले थु थु गर्न थाल्यो
कतिमाथि उसले लौ पुच्छर नै चाल्यो

सिंहवाहिनी -१४- चौधौं अध्याय (चिक्षुर सेनापति र देवीको लडार्इँ)

चिक्षुरको सेनाशक्ति सबै मरेपछि
चिक्षुर त रुन थाल्यो यहाँ कति कति

अब उस्को उपाय त आँफै लड्नु थियो
बाँकी शक्ति बटुलेर लड्ने स्थान लियो

सिंहवाहिनी -१३- तेह्रौं अध्याय (देवी र दानवसेना बीच लडाइँ)

दुबै थिए यथास्थान शक्तिपूर्ण रूप
अब युद्ध चल्न थाल्यो दुबैबाट खुप

देवी थिइन् शक्तिशाली सर्बेसर्बा पनि
शक्तिशाली बाहुबल सबै थोकमा धनी
त्यसो हुँदा देवीले यथास्थान लिइन्
दानवका सेना सबै एक एक गनी

सिंहवाहिनी -२७- सत्ताइसौं अध्याय (महाकाव्य कथासार)

दुर्गा सप्तशती पाठ
हिन्दुधर्मको सर्बमान्य ग्रन्थ
शक्तिको आराधना गरिने
यो एउटा सुन्दर कल्पतरु
जस्लाई दुर्गापूजा भनेर
आश्विन शुक्ल पक्षको
प्रतिपदादेखि नवमीसम्ममा
दुर्गाको प्रतिमा स्थापित गरी

सिंहवाहिनी -२६- छब्बीसौं अध्याय (सुरथ राजा र वैश्यलाई देवीको वरदान)

मेधा ऋषि भन्न थाल्छन् सुरथ बैश्यलाई
सारा देवी हामात्म्य यो दुबैमा सुनाइ
त्रिलोक धारणकर्र्ती निकै प्रभावशाली
यो संसार पालेकी छन् मोहित बनाइ

यिनै गर्छिन् ज्ञान सृष्टि यिनै पार्छिन् मोहीत
प्रभातको रवि किरणमा यिनै छर्छिन् रोहित
विष्णुकी हुन् मायास्वरूपा यिनै महामाया
त्रिलोकलाई मोहित पार्दै गर्छिन् सब–स्वहीत

सिंहवाहिनी -२५- पच्चीसौं अध्याय (पाठको माहात्म्य)

देवी भन्छिन् देवतालाई महात्म्यका कुरा
चण्डि पाठ सबले गरुन् सधै पूरा पूरा
चण्डि पाठ गर्ने जति बन्न्न जान्छन् सुरा
सबै काम पूर्ण हुन्छन् रहँदैनन् अधुरा

जस्ले एकाग्रचित्त गरी देवी पाठ गर्छ
देवी खुसी हुन गए दुःख टाढा सर्छ
सबै बाधा अड्चन नष्ट हुन्छन् यहाँ
त्यसो हुँदा दुर्गा पाठ सबले गर्नु पर्छ

सिंहवाहिनी -१२- बाह्रौं अध्याय (देवीको सिङ्गार कार्य)

सारा देवले गर्न थाले देवीरूप सिङ्गार
सिङ्गारबाटै पुग्छ महिषासुरको बिगार

शंकरले प्रदान गरे अति राम्रो शूल
चक्र दिए विष्णुले चक्रै थियो मूल

सिंहवाहिनी -११- एघारौं अध्याय (देवीको शरीर निर्माण)

विष्णुको मुखबाट निक्ल्यो ठूलो तेज
ब्रह्माजीको तेजले लियो ठूलो वेग

शंकर र इन्दबाट निस्क्यो ठूलो तेज
एकीकृत तेजरूपले बन्यो ठूलो पुञ्ज

सिंहवाहिनी -१०- दसौं अध्याय (देवता र महिषासुरको लडाइँ)

अब राजा तिमीलाई सुनाउँछु कथा
देवता र असुरको लडाइँको व्यथा

यो कथा हो पूर्व कालको आज यहाँ भन्छु
महात्म्य त देवीको हो मैले यही ठान्छु

देवता र असुर लडे सय बर्ष
असुरले मनाए विजयको हर्ष

सिंहवाहिनी -०९- नवौं अध्याय (योगनिन्द्राको प्रकट)

ध्यान गरे ब्रह्माजीले अति सौम्यरूपले
पाइँदैन तिम्रो दर्शन त्यसै दौड धूपले

सर्ब नाम सर्ब काम योगनिन्द्रा गर्छिन्
देवी पथलाई सजाएर भक्ति छरे खुपले,

ब्रह्माजीको स्तबनले त्यहाँ हलचल ल्यायो
देवीलाई प्रकट हुन अब बाध्यता नै आयो

सिंहवाहिनी -०८- आठौं अध्याय (मधु–कैटभको उत्पत्ति)

कल्पअन्त्य जब थियो जलमय संसार
विष्णुको हुन गयो शेषनागशैया आधार
योगनिद्राको आश्रयमा, सुते विष्णु जब
गाढा पर्यो निद्रा उन्को सपनाभो विचार