सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य)
सिंहवाहिनी -२६- छब्बीसौं अध्याय (सुरथ राजा र वैश्यलाई देवीको वरदान)
मेधा ऋषि भन्न थाल्छन् सुरथ बैश्यलाई
सारा देवी हामात्म्य यो दुबैमा सुनाइ
त्रिलोक धारणकर्र्ती निकै प्रभावशाली
यो संसार पालेकी छन् मोहित बनाइ
यिनै गर्छिन् ज्ञान सृष्टि यिनै पार्छिन् मोहीत
प्रभातको रवि किरणमा यिनै छर्छिन् रोहित
विष्णुकी हुन् मायास्वरूपा यिनै महामाया
त्रिलोकलाई मोहित पार्दै गर्छिन् सब–स्वहीत

वैवस्वत मन्वन्तरको अठ्ठाइसौं युगमा