Skip to content


पाठक समक्ष मैले यहाँ राख्छु केही कुरा
देवी माहात्म्यको बर्णनको गर्न खोजे पुरा

नवदुर्गा दशैमा दुर्गा पाठ गरें
पाठ गर्दा गर्दै अलमलमा परें
सारतत्त्व नबुझी पढ्दै पढ्दै जाँदा
के नै अर्थ हुन्छ भन्ने प्रश्न धरें

हेर्न लागे पढ्दा पढ्दै हिन्दी भाषाटीका
गहिरिएर हेर्न थाले बनाइ आँखा तीखा
मन जाग्यो सरल भाव यसमा पोख्ने
लेख्न थालें महाकाव्य खोज्न थाले शिखा

मन जाग्यो विवेचना गरौं गरौं लाग्यो
महान् धार्मिक कृति पढ्दा डर पनि भाग्यो
घटना र कथासार सबै यसैबाट लिदै
सारांशलाई समेट्ने मेरो मन त जाग्यो

अनुवाद भनु भने पुरा अनुवाद हैन
मौलिकता भन्दा पुरा मौलिकता छैन

केही कुरा भावानुवाद केही मौलिकता
केहीं कही. विवेचना कही. विवशता
आफ्ना मनभाव पनि सजाएर लेख्दा
सरल बनोस् महाकाव्य ठानी आवश्यक्ता

विविधता सजाएर काव्य लेखन भयो
मुरी मुरी धन्यवाद सबैलाई छ यो
सकेसम्म देवी कर्म सरल भाव भर्दै
काव्य लेख्ने काम समीक्षात्मक रह्यो

2 thoughts on “सिंहवाहिनी -००- प्राक्कथन”

  1. देवीभावगतलाई महाकाव्य बनाउनु
    देवीभावगतलाई महाकाव्य बनाउनु भएकाे कि के हाे । कुरा अलिक बुझिएन । अभागीजी स्पष्टताकाे अाशा गरे‌ ।

  2. होमसर, केको अनुवाद त वहाँले
    होमसर, केको अनुवाद त वहाँले नै बताउनुहोला । तर सिंहवाहिनी महाकाव्य क्रमिक रूपमा मझेरीमा प्रकाशित गर्ने योजना छ; प्रतिक्षा गर्दै गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *