Skip to content

गद्य कविता

प्रात: एक आघात

  • by

प्रत्येक दिन
चोरझैं सुटुक्क आएर
मलाई भोरले अलिकति निचोर्छ
व्यूझन्छु म किरणहरूको स्पर्शले
देख्छु प्राचीका नियमित रूपमा माझिएका
सेतासेता उज्जवल दाँत
हुन्छ मनको कुनै कुनामा
एक हल्का तर तीक्ष्ण आघात
आह! सकिंदै गइरहेछ मेरो जीवन
प्रत्येक दिन एक निश्चित मात्रामा टुथपेष्टझैं।

चिसो एष्ट्रे

  • by

यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विस्वासहरु र सपनाहरु सोहोरेर जान्छन्
यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ
यो चारभञ्ज्याङ् खाल्टो

हल्लै हल्लाको देश

यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्

यो जिन्दगी खै के जिन्दगी

यो जिन्दगी खै के जिन्दगी !
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !

यात्री

  • by

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ?

कतै आउला कि कुनै यस्तो दिन

  • by

हिजो एक मित्रकहाँ गएको थिएँ,
एउटा पोको कोठाको कुनामा,
दलिनमा झुण्डिरहेको थियो
ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका
सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि
मलाई लाग्यो-
म पनि झुण्ड्याइदिउँ एउटा ठूलो पोको पारेर
व्यर्थै मलाई चिमोटिरहने यी सपनाहरूलाई,
कतै आउला कि कुनै यस्तो दिन,
जब, फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा
हाम्रा छोरा-छोरी र नाति-नातिनाहरू
आनन्दका गीत गाउँदै खेत गोडिरहेका हुनेछन् !

भूपि शेरचन

  • by

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपि’ शेरचन !!