Skip to content

पत्रात्मक निबन्ध

दाइको व्यथा

प्रिय भाइ,
शुभाशीर्वाद !

आकाश गर्जन्छ, पानी बर्संदैन । हिमाल फुलेको महसुस हुन्छ, खेतमा फुङ्ग धूलो उडेको भेटिन्छ । लामो समयसम्म जनताको तिरो खाएर जिम्माको कामको टुङ्गो नलगाई घर फिरेका आधा दर्जन मान्छे गाउँ चहार्न हिँडेको देखिन्छ । तीमध्ये आधा जतिले भोलिबाटै काँधमा हलोजुवा बोकी खेततिर लाग्नुपर्छ । दिनमा असिनपसिन भएर काममा जोतिनु र साँझ पख घर फर्कनु अनि खाना खाएर आकाशका तारा गन्नु नै उनीहरूको दिनचर्या हुन्छ । नजिकै नहर दौडिरहेछ । त्यो नहर हेर्नका लागि मात्र त्यो बाटो भएर बग्छ । खेतमा पानी सिञ्चित हुँदैन ।

कथनी एक करणी अनेक

  • by

म तपाईं च्याँच्याँ गरेको ठाउँमा कुसल-मङ्गलका साथ जीवनरथको सारथि बनेको छु । त्यहाँ तपाईं पनि मैले तोते बोली बोलेको र बामे सरेको ठाउँमा स-कुसल रहनुभएको समाचार समेटिएको पत्र भर्खरै मात्र प्राप्त गरेँ ।

‘बेहुला बजार-मुर्दावाद’का लेखकलाई पत्र

  • by

यत्तिखेर म तपाईं च्याँच्याँ र म्याँम्याँ गरेको क्षेत्रमा कुसल-मङ्गलका साथ जीवनरथको सारथि बनेको छु । त्यहाँ तपाईं पनि मैले तोते बोली बोलेको र बामे सरेको ठाउँमा स-कुसल रही शिक्षण पेसामा आबद्ध भइरहनुभएको सु-समाचार समेटिएको पत्र भर्खरै मात्र प्राप्त गरेँ ।

अभिभावकको जिज्ञासा : प्रधानाध्यापकको जवाफ

  • by

म तपाईंकी छोरी सामना पढ्ने विद्यालयको प्रधानाध्यापक हुँ । आज म शैक्षिक प्रशासन र शिक्षण कार्यका दौडानमा आएका तपाईंहरूका गुनासाहरूलाई सम्बोधन गर्न अग्रसर भएको छु ।