Skip to content

पत्रात्मक निबन्ध

प्रेम

प्यारो प्रेम

वसन्तका रंगहरू झै रंगिएका प्रेमहरू जुन मेरा हृदयका प्रत्येक धड्कनहरूसँग धड्किएका छन । एक मिठो सपनी झै । थाहा थियो मेरो हृदयका प्रत्येक धड्कनहरूलाई तिम्रो हृदयका धड्कनमा मेरो लागि कुनै पनि ठाउ छैन भनेर अनि यो पनि थाहा थियो तिम्रो त्यो धड्कन अरु कसैको लागि धड्किन्छ भनेर फेरि पनि मेरा हृदयका प्रत्येक धड्कनहरू तिम्रै निम्ति धड्किएका छन ।

मृत्यु–प्रेम

प्रिय मित्र,

सञ्चो–विसञ्चोको लण्ठामा पर्नुपरेको छैन । तिमीसँग हेर्ने आँखा छैन, सुन्ने कान छैन । हिँड्ने गोडा छैन । छैन, धेरै कुरा छैन । तर, मसँग पर्याप्त सम्झना छ । अविस्मरणीय यादगार छ । संसारभरिको सर्वप्रिय व्यक्तिका रूपमा तिमी मेरो मनमा विराजमान छौ । त्यसैले त यी शब्दहरू तिम्रा नाममा जोडजाड हुँदैछन् । दुर्भाग्य ! अहिले तिम्रा लागि भनी शब्द सुनाउनुको कुनै अर्थ छैन । तिमीकहाँ मेरो मन पठाउने ध्येयले निरर्थक शब्दहरूको लहर बनाउँदै छु । समयमा मैले तिमीलाई पाएको भए, मभन्दा बाहिर जानदिने थिइनँ । पक्कै यस लोकलाई विर्सन दिने थिइन ।

सोझा कुरा

मित्र पुण्य कार्कीजी,
अभिवादन !

यस पटक मेरो चित्र शब्दहरूमा नै उतार्दै छु । यी अक्षर कोरुन्जेल चाहिँ शारीरिकरूपमा ठीकै छु । मानसिकरूपले भने यस बखत असाध्यै थलिएको छु । ज्यादै भयानक मृत्यु बोकी फुकिफुकी पाइला चाल्दै छु । अनौपचारिक वार्तालापका क्रममा मित्र सन्तोष अधिकारीले भनेका कुरा सम्झिरहेछु ।

धरावासीलाई चिठ्ठी : सन्तान एउटै तर असल

धरावासी दाइ,

हजुरले मलाई अह्राउनु भएको थियो, “नेपालीसाहित्यमा हिमाली क्षेत्र ओझेलमा छ । त्यसलाई पारिलो बनाऊ ।

चितामा देश

प्रिय देश,

आज सबैतिर छुट्टी मिलाएको छु । तिमीसँग मनग्यै भलाकुसारी गर्नुछ । हिजोका पात्राहरू उल्टाउनुछ । भोलिका नक्साहरू पल्टाउनुछ । हक्कीसँग बोल्नुछ । ज्यान जोगिने गरी ध्यान राख्नुछ । तिमी मसँग छैनौ र हुँदैनौ पनि । तर, म तिमीसँग हिजो थिएँ, आज छु र भोलि पनि हुन कसरत गर्दै छु । म युग पक्रन खोज्दै छु । तिमीलाई इतिहास निर्माण गर्न लगाउँदै छु । अर्कै भाका र लयमा तिम्रा कुरा ल सुन –

चेलीसँग एक क्षण

प्यारी चेली,

सन् २०१२ को मार्च ८ हिजो मात्र थियो र त्यो पनि हिजै सकियो । ठूल्ठूला नेतानेतृ र नीति निर्माताहरूले भव्य मञ्चमा भव्य कुराहरू गरे । ती कुराहरू आलिसान महलका मखमली विस्तारामा बसेर कथिएका थिए । ती उनीहरूकै लागि थिए । तिमी, हामीहरूका लागि थिएनन् । ती अहङ्कारीहरूका ललिपप चटाउने गफ थिए । थिए, ती जुरुक्कै उचाल्ने र छानामा पुर्याउने अनि एकै चोटि फ्यात्त भुइँमै खसाउने खालका !

विश्वविद्यालयका बाजेलाई खबरदारी पत्र

श्रद्धेय विश्वविद्यालयका बाजे !

म पूर्वी नेपालको कृष्णगर्तबाट तपाईंलाई सम्झँदै छु । यसलाई के लहड चलेछ नभन्नु होला । मेरा कुरा चानचुने पनि नठान्नु होला । जब मैले होस समालेँ, त्यसै दिनदेखि म एक काममा जुटेको छु । सफलताको छेउछाउ पनि पुगेको छैन । त्यसैले मनका गन्थन तपाईंकहाँ ओछ्याउँदै छु । मैले सारालाई हेरिसकेँ । साराको मनभित्र एकएक गरी पसिसकेँ । अलिक त कुरो खरो छ । साँच्चै दह्रो पनि छ । र, धेरै मध्येमा तपाईं नै बाँकी एक हुनुहुन्छ । हेर्नुस्, अब सारा हटिसकेँ । छट्ने पनि छँटिसके । मात्र तपाईं रहनु भएको छ । झिनो आश अँझै ज्युँदै छ । यस नाथेको कुरो चाहिँ के रहेछ भन्नुहोला । धेरै शब्द नखर्ची भन्दै छु । कृपया, यसलाई सकारात्मक ठान्नुहोला । जस्तो भए पनि एक पटक गम्भीर भइदिनुहोला ।

प्रष्ट बोली : स्पष्ट व्यवहार

प्रिय जनसेवक ठान्ने दाइ !

जनताको अदालतमा तँलाई स्वागत छ !

दाइ ! म अहिले असाध्यै रोगाएको छु । त्रासद दिनहरूको परिकल्पनामा डराएर बसेको छु । एक समय मैले तेरो चमत्कार धेरै नजिकबाट नियालेको थिएँ । तेरा सफलताका ती स्वर्णिम दिनहरूको प्रशंसामा मख्ख र मस्त भएको थिएँ । तँ सधैं त्यस्तै रहन सकिनस् । र, विकर्षणभावले अलमलाउँदो भएँ । हेर्, यस माटो बाहिरको तेरो सिद्धान्त त त्यति जान्दिनँ । तर, यस माटोमा हुनुपर्ने तेरो व्यवहारिक सिद्धान्त बारे दुई–चार कुरा भन्न भने पछि पर्दिनँ । तेरोजस्तो पाखा–पखेराको, कुनाकन्दराको विश्वविद्यालयमा मैले एक अक्षर पनि पढिनँ । तैंले खोलेको विश्वविद्यालयको विद्यार्थी हुनु चानचुने कुरो थिएन ।

सप्तरीको भूमिबाट दक्षिणेभक्त सरखारलाई खुल्ला पत्र

दक्षिणे भक्त नेपाल सरखार महाशय,

म नेपाली भूमिको एक सन्तान भएको नाताले मनका भावनाहरू पोख्दै छु । सरकार हुनलाई जनताका भावनाहरूलाई यथोचित तवरले सम्बोधन गर्न सक्नुपर्छ । जति पटक कुर्सीमा बसे पनि म तिमीमा सरकारको गुण देखिरहेको छैन । खाली दक्षिणेलाई महाप्रभुको रूपमा पूजाआजा गरेर आफ्नो महत्वाकांक्षा पूरा गर्न लालायित लालची भक्तका रूपमा मात्र देखिरहेको छु । मुलुकलाई पराधीन तुल्याएर दलीय स्वार्थको घैंटो भर्ने अपराधी चरित्र मात्र देख्दै छु । त्यसैले सम्बोधनमै ‘सरखार’ भन्ने गरेको छु । यसमा अन्यथा मान्नुपर्ने कुनै कारण देख्दिनँ ।

मैथिली गुरुजी आशिन मियाँसँग एकै क्षण

श्रद्धेय गुरु आशिन मियाँज्यू,

लाख–लाख अभिवादन !

आज मैले जे देखेँ, त्यसैलाई लिपिबद्ध गर्दै छु । सेतै फुलेको ६४ वर्षीय वयोवृद्ध काया लिएर लोकोपकारी कार्यमा जुट्ने हजुरको स्वभावलाई हृदयदेखि नै सलाम ठोक्दै छु । चालीस वसन्त फुलाइरहँदा मैले अनेकन् मान्छेहरू भेट्टाएको छु । सानो मनको मान्छे म ठूलो पार्ने ध्याउन्नमा बेस्कन किचिन्छु । थिचिन्छु । कहिलेकाँही मुण्टो उठाएर हेर्छु । स्वार्थी संसारको एक पात्र आफूलाई नै भेट्छु । आफ्नै संसारलाई मतलव राखेन भने मुखमा माड नलाग्ने, मतलव राख्दा वैयक्तिक धरातल माथि उठ्न नसकिने अचम्भको लीलामा अल्झेको भेट्टाउँछु । मेरो सुझबुझले बुझेअनुसार मैले हजुरभित्र विशाल मन भेट्टाएको छु ।

प्यारो साथी (भावनात्मक पत्र)

मितिः– २०७० जेष्ठ २७ गते सोमबार बिहान ४ बजे

प्यारो साथी !
अविरल सम्झना

प्यारो साथी ! मलाई तिम्रो सम्झना आइरहन्छ । तिमी साँच्चिक्कै मेरो साथी बनेर उभिरहेका छौ मेरो निम्ति । तिमीलाई भेट्न त सकिएको छैन तर एकपटक भेट्ने मौका आएर पनि मैले भेट्ने मौका गुमाइसकेँ । फेरि भेट्ने मौकाको प्रतिक्षामा छु । हुन त तिम्रा कुराहरू सबै मलाई मन पर्दैनन् तर पनि मलाई सबभन्दा मनपर्ने मित्र तिमी भएका छौ ।

जन्म र मृत्युको चक्रीय खेल वारे पाठकलाई

  • by

श्रद्धेय पाठकवृन्द,

म जन्मिरहन चाहन्छु । म मरिरहन खोज्दछु । म कतै कतै जन्मेँ । म थोरै ठाउँमा मात्रै मरेँ । आफ्नै कारणले र आफ्नै रहरले ! रहरको खेतीको महाअभियानमा सफल हुन ज्यादै चर्को रहेछ । कतै न कतै धेरथोर त म मरेँ पनि मन भरिउञ्जेल मर्न सकेको छैन । तर, म लेख्दै छु । म बोल्दै छु । म हिँड्दै छु । र, यत्तिखेर तपाईंहरू सामु गन्थन अघि सार्दै छु ।

नेपोलियन बोनापार्टको पत्र जोसेफिनको नाममा

डियर डार्लिंग, जोसेफिन

मैले कुनै-दिन पनि तिमीलाई नसम्झीकन गुजारेको छैन । मैंले एक दिन पनि तिमीलाई अङ्गालोमा नबाँधिकन बिताईन । मैंले एक कप चिया समेत पनि त्यो गर्व र महत्वाकांक्षालाई गाली नगरी पिएको छैन । जसले मलाई मेरो जिन्दगीभन्दा टाढा राख्यो । आफ्नो कर्तव्य निर्वाहको दौरानमा होस् । चाहे म सेनाको नेतृत्वमा व्यस्त हुँ । अथवा शिविरको काममा हुँ।” म सधैं आफ्नी प्राण प्यारी हृदयको टुक्रा, मुटुको धड्कन जोसेफिनलाई यो दिलमा एक्लै ठिङ्ग उभिएकी पाउँछु । मेरो मस्तिष्क र विचारमा उसैको प्रतिबिम्ब हुन्छ ।

कमली दिदी

  • by

आदरणीय दिदी कमली

परिवर्तित समाज हेर्न रुचाउने त्यो आकांक्षालाई अभिवादन ।

यहाँ त हामीहरू सबै दुःख र सुखलाई आफनै सहयात्री ठान्दै जीवनरथ हाँकिरहेका छौं । तपाईँको खोज खवर, हालखवर केही नपाउँदा तपाईँलाई जन्मदिने आमाबाबुको हालत कस्तो भएको होला त्यो यहाँ वर्णन गरी साध्य छैन । म त तपाईँको गाउँले भाइ हुँ ।

प्रेम जीवन मात्र हैन मृत्यु पनि

  • by

प्रिय मित्र,

कान हुनेसँग शब्द सुनाइन्छ, मन हुनेसँग मन साटिन्छ । अहिले तिम्रा लागि भनी शब्द सुनाउनुको कुनै अर्थ छैन । तिमीकहाँ मेरो मन पठाउने ध्येयले निरर्थक शब्दहरूको लहर बनाउँदै छु । घर जलिसकेपछि दमकल आउनुको कुनै मूल्य हुन्न । मन बुझाउने प्रयत्नस्वरूप मन खोल्दै छु । सिकेका सबकहरू फैलाउँदै छु । एक छोरी र एक छोराले घेरिएकी, काखमा तिम्रो अनुहार हेर्न नपाएको गर्भे टुहुरो छोरालाई लिएकी, रूञ्चे र श्वेत वस्त्रमा प्रस्तुत भएकी, बेल्टारको कुनै घरको आँगन पोलेर भित्र्याएकी तिम्री धर्म पत्नीको दिनचर्या केवल घाम ताप्नुछ, तिम्रै यादमा आँसु बगाउनुछ र पछुतोका शब्दहरू जोडेर एक्लै, एक्लै बरबराउनुछ ।

पत्र एक : प्रसङ्ग अनेक

  • by

प्रिय विनोद,

अटुट सम्झना !

यता हामी स–परिवार कुसलमङ्गल छौँ । त्यता तिमी पनि कुसल छौँ र कुसलताका साथ दैनिक जीवनचर्या चलाइरहेका छौ भन्ने कुरामा विश्वस्त हुँदै पत्र लेख्न बसेको छु । निश्चय नै यस पत्रले लामो आयाम लिन सक्छ, धैर्यतापूर्वक पढेर प्रतिउत्तर लेख्ने छौ भन्ने आशामा छु । साथै, यसै पत्रमा अर्को पत्र गाँसिएर आउन सक्छ । अर्कै प्रसङ्ग समेत घुस्न सक्छ ।

जूनलाई पत्र

  • by

प्रिय जून,

यतिखेर मेरो मनमा तुवाँलो छाएको छ । मेरो भिर, पाखा र फाँटहरू म धुलाम्मे देख्दैछु । यद्यपि तिम्रो मन्द मुस्कानले भने मलाई स्वर्गीय आनन्द दिलाईरहेको छ । म हरपल तिम्री यादको संजीविनी पिएर बाँचिरहेको छू यो उजाड उजाड मरुभूमि अर्थात क्याक्टस फूल्ने शहरमा ।

सुन्यताले पठाएको खत !

डिएर, रुमन

कतिपय कुराहरू तिमीले बुझाउँदा पनि म बुझ्दिन होला र कतिपय मेरो भगीरथ चाहानाहरू छन् जुन तिमीले बुझोस् भन्ने लाग्छ त्यो मैले वाक फुटाउँदा पनि तिमीले बुझ्दिनौ होला । समय अन्तरालमा तिम्रा भोगाईहरूमा केही बिबिधता देखिए भने त्यति बेला फेरि गौरबको सास अबश्य फेर्ने छु । ईश्वरसँग नमागी केही पाउनु मानव जीवनको सार्थक उगलब्धता सायद हुन्छ । ईश्वर संरचनाले खटाएको सानो भागमा दुखेसो, पीडा, अभावको अभिव्यक्ति र सकंटको गन्तब्य छ भन्ने मनोभाव देखिन थालेको छ ।

जीवनका गहिरा खत र दर्दहरू

  • by

मित्र पुन्यजी,

अभिवादन !

यी अक्षर कोरुन्जेल चाहिँ शारीरिकरूपमा ठीकै छु । मानसिकरूपले भने यस बखत असाध्यै थलिएको छु । ज्यादै भयानक मृत्यु बोकी फुकिफुकी पाइला चाल्दै छु । अनौपचारिक वार्तालापका क्रममा मित्र सन्तोष अधिकारीले भनेका कुरा सम्झिरहेछु । उनी भन्थे– ‘म यही ठाउँ (सप्तरी), यही घर र यही समाजमा जन्मेँ, हुर्कें र एम.एड. समेत गरेँ । अहिले पनि यही समाजका स–सानादेखि किशोरावस्थासम्मका नानीहरूलाई विद्यालय र कलेज दुबै ठाउँमा पढाउँछु ।

तँजस्तै म

प्रिय महाशून्यजी,

आज म तँसँग मन खोल्दै छु । मैले तेरो माध्यम भेट्टाएको छु । तँलाई मनैदेखि माया गरेको डेढ दशक वित्न लाग्यो । आजसम्म बाटो हेरेँ । चारैतिरबाट अवसर आउला कि भनेर प्रतीक्षारत् रहेँ । कतैकतैबाट आउँदा भने द्विविधामा परेँ । देशले पनि शान्तिको श्वास फेर्यो । लामो द्वन्द्वबाट एउटा चरणमा चढ्यो । तर, जल्दाबल्दा दर्जनौँ समस्याहरू छन् । समाधानहरू पनि साथमै छन् । सरल छन्, सहज छन् । जसले पनि सहजै भन्न सक्छ । लामो फेहरिस्त खुरुखुरु प्रस्तुत गर्न सक्छ । म पनि त्यहीँ नजिक उभिएको छु, देखिरहेको छु– म चक्रब्यूहमा फँस्दै छु, फँस्दै छु । ‘फँसेँ, फँसेँ’ भन्न सक्छु । फँसेको आभाष पाउँछु तर निस्कने ठाउँको भेउ पाउदिनँ । मरिकाट्टे चक्रब्यूह तोड्न सक्दिनँ ।