प्रिय भाइ,
शुभाशीर्वाद !
आकाश गर्जन्छ, पानी बर्संदैन । हिमाल फुलेको महसुस हुन्छ, खेतमा फुङ्ग धूलो उडेको भेटिन्छ । लामो समयसम्म जनताको तिरो खाएर जिम्माको कामको टुङ्गो नलगाई घर फिरेका आधा दर्जन मान्छे गाउँ चहार्न हिँडेको देखिन्छ । तीमध्ये आधा जतिले भोलिबाटै काँधमा हलोजुवा बोकी खेततिर लाग्नुपर्छ । दिनमा असिनपसिन भएर काममा जोतिनु र साँझ पख घर फर्कनु अनि खाना खाएर आकाशका तारा गन्नु नै उनीहरूको दिनचर्या हुन्छ । नजिकै नहर दौडिरहेछ । त्यो नहर हेर्नका लागि मात्र त्यो बाटो भएर बग्छ । खेतमा पानी सिञ्चित हुँदैन । कारण, नहर खेतभन्दा दश/पन्ध्र फिट गहिरो छ । पम्पसेटले पानी तान्न महङ्गो पर्छ । अर्कातिर चाहिएको बेलामा डिजेल उपलब्ध हुन्न । जसोतसो सिँचाइ गरेर रोपे पनि बीउ नसरीकनै मर्न थाल्छ । पटकैपिच्छे पम्पसेट प्रयोग गर्ने हो भने फसल उब्जदैन । थोरै उब्जे पनि लागत जोडजाड पार्दा सुन र धानको मोल बराबर हुन जान्छ । र, पनि हामीले बाँच्नु परेको छ । स्वतन्त्र जन्मेको मान्छे चाहेर पनि जान सक्दैन । स्वतन्त्र बाँच्न पनि सक्दैन ।
भाइ जनार्दन ! तँलाई पढाउने बेलामा पानीको झेलोखेलो थियो । आकासे पानीले पनि धोका दिँदैनथ्यो । सानोतिनो पानी पर्दा पनि धेरथोर रोपाइँ हुन्थ्यो । महङ्गीले आकाश छोएको थिएन । प्रदूषणले गाउँलाई समेत खाएको थिएन । प्राकृतिक प्राङ्गारिक मल नै पर्याप्त हुन्थ्यो । अहिलेकोजस्तो मलका लागि सामलखाजा बोकेर एक साता राजधानीमा कुर्नु पर्दैनथ्यो । युग सोझो थियो । सोझो तवरले दिनचर्या चलेको थियो ।
अरू त के ! नेतानेतृ कम थिए । खाने मुख कम थियो । भ्रष्टचार कम थियो । महङ्गी बढ्न पाएको थिएन । नेता हुन छैटीमा भावीले भाग्यमा लेखेको हुनुपर्छ भन्ठानिन्थ्यो । मानसिक होस् या शारीरिक, सामथ्र्य हुनेले काम पाउँथ्यो । हात बाँधेर भोकै मर्ने अवस्था थिएन । अहिले जमाना उल्टेको छ । स्वच्छ दिमाखले सोच्न पनि पाइएको छैन । गरिवलाई बाँच्नकै लागि रातोदिन जोतिँदा पनि हम्मे हम्मे छ । धनीलाई चारैतिरबाट धन ओहिरिएको छ । राजनैतिक चेतनाले सबै जसोमा उग्र विकृत मानसिकता जन्माइ दिएको छ । मभन्दा जान्ने र बुझ्ने अरू कोही छैनन् र हुनु पनि आवश्यक छैन भन्ने आभाष फैलिएको छ । हरेक जसो नागरिक राजनैतिक गुट/उपगुटको नेतानेतृ भएको छ । साधरण नागरिक भई बाँचिरहेकाहरू अल्पसङ्ख्यामा छन् । के–के छन्, छन् ! कहिरन उतारेर साध्य छैन ।
यही युगको एक अनागरिक बनेर हामी बाँचिरहेका छौँ । नागरिक बनाउने महाअभियानमा सोलुखुम्बु पुगेका तिमी चाहिँ अहिले केकसरी बाँचेका छौ ! त्यो हामीलाई थाहा भएन । पानी नपरेर खेतमा घाँसैघाँस भएको कहिरन बताएर डिजेल र मलका निम्ति पैसा पठाइदेऊ भन्न चिठी लेखेको हुँ । तिमीले पठाएका पुराना पत्रहरू पढ्दा तीन छक्क परेको छु । पैसाको माग गर्ने हिम्मत पुगेको छैन । जति तलव भए पनि खान र बस्न पनि धौधौ भएको कथन अघि सारेका थियौ । चौमासिक तलवको प्रतीक्षामा भोकै बस्न नसकिने रहेछ । यता र उताको उधारो टालटुल गर्दागर्दै पाएको तलव तुरिने गरेको इतिहास बरोबर दोहोर्याएका थियौ । तिम्रो विवशता अवगत हुँदाहुँदै पनि म यत्ति कुरा लेख्न बाध्य भएँ । अब कसो गर्छौ, सम्झीबुझी काम गर्नू ।
(कृपया यो लघु आकार भए पनि सिद्धान्तमा हिँडेको लघुकथा हुन सकेको छ भन्ने कुरामा म आफैँ रणभुल्लमा छु । तापनि मार्गनिर्देशको अभिलाषी छु । धन्यवाद )
–नन्दलाल आचार्य

Aafailai padna bhetiyo, dhanyabad
Bhaneko ra socheko anusar nahunuko pida bataera sadya 6aina.
Bastabma yo laghu rachana bhayo
tara
laghukatha bhaena.
Laghukatha lekhne shailiko khoji garda garda
thake . Aba bhane socha arkai banaunu parne bhae6.
Manko kura yaha rakhi hale 6u.
…………………………………………
Kumar sir,
sana tina,
6ota, 6ota laghukatha 2 wata info@majheri.com
ma pathaeko 6u.
Sambhab bhaema majheriko parkhal rangiyos hai.
Thanks.
Laghukathako kunoma
narayan tiwarile linu bhaeko homar shresthako barta sarai upayogi lagyo.
narayan_tiwari1955@hotmail.com
ma uhasang kura gari laghukathama bishesh kendrit gari majherika lagi
bhalakusari garne ki ?
2030 dekhi nai yas bidhama uha kendrit rahanu bhaeko pae.
Dara ra khara kura
paene kurama ma chahi dukka 6u.
Yuwa anubhuti sametda sametdai
praudh samet aaema
ramro hola.
Yatti nai ………..
Ahile lai manko kura sakiyo. Thanks