गजल
बाध्यताले पाइँलाहरु खाडितिर झर्दैछन्
मुटु भित्र पिडा लुकाइ पारितिर सर्दैछन
मानो भर्न छाक टार्न, पसिना बगाएर
दिन रात नभनि पर्देशमा मेहेनत गर्दैछन्
बर्तमान लाई थाती राखि, भबिस्य बनाउन
आफै लाई बन्दगी राखी साहुको रिनमा पर्दैछन्
भबिश्य छैन केहि, जताततै छ अन्धकार
भोलिका कर्णधार बालबालिका सडकपेटिमा मर्दैछन