anilbthapa
दुरी र दुखाई
मेरो अंतर्द्वंद ,
मेरो एक्लोपनमा
फेरी भित्रदैछन शिकारी …
म भित्र गुम्सिएको सुगन्ध खोस्न
मलाई खुम्च्याउन
हे मेरा निरोगी आफन्तहरु
ठिकै छ मलाई गिज्याउ
मेरो निरिहिता,क्षणिक
मेरो कमजोरी होइन
साएद मेरो दुर्भाग्य
म सहिदिन्छु सहर्ष
र पनि बिन्ति गर्छु
हाम्रो दुरी मेटाउ
म दुख्छु असाध्यै
आफन्त संगको दुरीमा ….
मैले सुनेको
पुर्खा हाम्रा सुगन्धित थिए रे
फैलिएका उनि सानले मर्न
चोइटाईदिएका रे ….
हामी पुर्खा भन्दा किन कमजोर?
एउटा गौरब को लागि
साएद म अझै निसुल्क
छटपटी रहनेछु
जन्मसिद्ध नियती
किनकि म मान्छे हु
स्वतन्त्र ,सामाजिक मान्छे
अठोट
दुखमा आत्तिनु हुन्न सुखमा मात्तिनु हुन्न
जीवनमा कहिल्यै भत्किनु हुन्न
दुख जीवनको रात हो जसरी पनि बिताउनु पर्ने
सुख जीवनको दिन हो कर्तव्यमा लुटाउनु पर्ने
आँशु देहको बिकार हो हाँसो क्षणिक संसार हो
बसन्तको हरियाली, शरद्को तुसारो एक क्षण
बलेको दियो निभाउने तुफान मात्र एक क्षण
बत्ती बल्छ फेरि निभ्छ, फूल झर्छ फेरि फुल्छ
मित
बिछोडको बेला आयो मिलनको उत्कर्षमा
हाँसी हाँसी जिउनु जीवन बिस्मात अनि हर्षमा
यस्तै त रहेछ नि हरेक रीत जगको स्वीकार्नु पर्ने नियति
आशामा रमाउनु पर्ने हारहरूलाई सम्झनु आखिर यही नै जित हो
गतिशील रहेछ हरेक रीत जगको बिश्राम त मात्रै बाहना
शुन्यमा हराउनु पर्ने जीवनलाई सम्झनु आखिर यही नै गीत हो
स्वार्थी रहेछ हरेक रीत जगको माया त मात्रै चाहना
अस्तित्व देखाउनै परे पनि, मृत्युलाई ठान्नु आखिर यही नै मित हो
यथार्थ
कहिले यता कहिले उता, कहिले भूईंमा खुट्टा बजार्दै छु त कहिले आफ्नै हातमा मुक्का बर्साउदै, निर्दोष हत्केलालाई दुख दिदैछु ।
“‘यस्तो पनि हो त ?’ दुई घण्टा अगाडि लगेको फाइल अझै ल्याई पुर्याउँदैन बा! एउटा कागजमा जाबो सही गरे पुग्ने कामलाई पनि हाकिम साबको लागि बालुवा बोके भन्दा पनि बढि समय लाग्नु पर्ने किन हो?”
मनमनै भुत भुतिन्छु म।
मान्छेहरूको देशमा म
प्रकृति, यो मेरो हो म यसको हुँ । शुद्ध खोला स्वच्छ पवन बाहिनी हरिया बन जंगल पशु पंछी डाँडा काँडा मैदान, चिटिक्क परेका घरखेत वारीकान्ला मेरा बाल सखा हुन्। बाँसुरी कम्मरमा भिरेर गोठालो जानु मेरो पेसा हो। झ्याउरे लोक भाका मेरा सुसेली हुन् । मेला पात जानु मर्द्दा पर्दा सहयोग गर्न मेरा हृदय सधैं हतारिन्छन।
- « Previous
- 1
- 2
