Skip to content

anilbthapa

दुरी र दुखाई

मेरो अंतर्द्वंद ,
मेरो एक्लोपनमा
फेरी भित्रदैछन शिकारी …
म भित्र गुम्सिएको सुगन्ध खोस्न
मलाई खुम्च्याउन
हे मेरा निरोगी आफन्तहरु
ठिकै छ मलाई गिज्याउ
मेरो निरिहिता,क्षणिक
मेरो कमजोरी होइन
साएद मेरो दुर्भाग्य
म सहिदिन्छु सहर्ष
र पनि बिन्ति गर्छु
हाम्रो दुरी मेटाउ
म दुख्छु असाध्यै
आफन्त संगको दुरीमा ….

मैले सुनेको
पुर्खा हाम्रा सुगन्धित थिए रे
फैलिएका उनि सानले मर्न
चोइटाईदिएका रे ….
हामी पुर्खा भन्दा किन कमजोर?
एउटा गौरब को लागि
साएद म अझै निसुल्क
छटपटी रहनेछु
जन्मसिद्ध नियती
किनकि म मान्छे हु
स्वतन्त्र ,सामाजिक मान्छे

ओझेलमा….

आज चर्चा छ संविधानको
स्वदेसमा बिदेसमा
रेडियोमा पर्दामा
नग्नताको ,अस्लिलताको
अभिनेत्री ओझेलमा….

बिरोधका आवाजहरु
जिब्रो लरबरी रहन्छ
ठेगान छैन स्थायी
सहमत या बहुमतको
सहिमत ओझेलमा….

बुद्धिजीवि कलम अनि
कर ,कार हुदै बाटोमा
फुटपाथ बिनाको सडक
खडेरीमा छन् नाराहरुको
जनता मात्रै ओझेलमा ….

बेहाल छ

न म संग सुर छ न म संग ताल छ
न म संग हाल छ ,मात्रै बेहाल छ

चुडिएको सितारबाट मिठो धुन नखोज साथि
पाउनेछौ शुन्यता मेरो जिउँदो लास माथि

खोला जस्ता मेरा इच्छा आँसु बनि बगिरहेछ
बगरको ढुंगा साथि मेरो जिवन उभिरहेछ

मन

घाउ हो पुरानो बल्झेर दुख्न सक्छ
मनकै त कुरा हो दुखाइ भुल्न सक्छ

जिन्दगी यात्राहरूमा घाइते हुन सक्छ
लड्न सक्छ जुध्न सक्छ पीडा सहन सक्छ
अतित हो पुरानो भुलेर रम्न सक्छ

विश्वास घातहरूमा पराजित हुन सक्छ
पिउन सक्छ जल्न सक्छ होस् सम्हाल्न सक्छ
सहयात्री हो पुरानो सम्झेर रुन सक्छ

अठोट

दुखमा आत्तिनु हुन्न सुखमा मात्तिनु हुन्न
जीवनमा कहिल्यै भत्किनु हुन्न

दुख जीवनको रात हो जसरी पनि बिताउनु पर्ने
सुख जीवनको दिन हो कर्तव्यमा लुटाउनु पर्ने
आँशु देहको बिकार हो हाँसो क्षणिक संसार हो

बसन्तको हरियाली, शरद्को तुसारो एक क्षण
बलेको दियो निभाउने तुफान मात्र एक क्षण
बत्ती बल्छ फेरि निभ्छ, फूल झर्छ फेरि फुल्छ

गल्ती

जीवनका खुड्किला नै गल्तीहरू हुन्
यात्राका तगारा अनि सफलताका फोहोरा हुन्

अनमोल यो जीवनमा हरपल खुसी पाइन्न
चोट नपाएसम्म जीवनमा हृदयका गीत गाइन्न
गीतका श्रोत नै गल्तीहरू हुन्
एकान्तका सहारा अनि मझधारमा किनारा हुन्

मित

बिछोडको बेला आयो मिलनको उत्कर्षमा
हाँसी हाँसी जिउनु जीवन बिस्मात अनि हर्षमा

यस्तै त रहेछ नि हरेक रीत जगको स्वीकार्नु पर्ने नियति
आशामा रमाउनु पर्ने हारहरूलाई सम्झनु आखिर यही नै जित हो

गतिशील रहेछ हरेक रीत जगको बिश्राम त मात्रै बाहना
शुन्यमा हराउनु पर्ने जीवनलाई सम्झनु आखिर यही नै गीत हो

स्वार्थी रहेछ हरेक रीत जगको माया त मात्रै चाहना
अस्तित्व देखाउनै परे पनि, मृत्युलाई ठान्नु आखिर यही नै मित हो

यथार्थ

कहिले यता कहिले उता, कहिले भूईंमा खुट्टा बजार्दै छु त कहिले आफ्नै हातमा मुक्का बर्साउदै, निर्दोष हत्केलालाई दुख दिदैछु ।

“‘यस्तो पनि हो त ?’ दुई घण्टा अगाडि लगेको फाइल अझै ल्याई पुर्याउँदैन बा! एउटा कागजमा जाबो सही गरे पुग्ने कामलाई पनि हाकिम साबको लागि बालुवा बोके भन्दा पनि बढि समय लाग्नु पर्ने किन हो?”

मनमनै भुत भुतिन्छु म।

प्रवृत्ति

बिरह रुँदा मन भो एक्लो बुझ्दैन पिडा उही
जसको लागि तडपिन्छ छाती बुझ्दैन निर्मोही
ढुंगा हुँदा लौ आउथ्यो सधै छर्किन्थ्यो अबिर
सुनाउदै व्यथा थरि थरिका बनाउथ्यो अधीर

मान्छेहरूको देशमा म

प्रकृति, यो मेरो हो म यसको हुँ । शुद्ध खोला स्वच्छ पवन बाहिनी हरिया बन जंगल पशु पंछी डाँडा काँडा मैदान, चिटिक्क परेका घरखेत वारीकान्ला मेरा बाल सखा हुन्। बाँसुरी कम्मरमा भिरेर गोठालो जानु मेरो पेसा हो। झ्याउरे लोक भाका मेरा सुसेली हुन् । मेला पात जानु मर्द्दा पर्दा सहयोग गर्न मेरा हृदय सधैं हतारिन्छन।

मुर्दा

मैले मसानको बाटो समातेपछि
भरे धुरीबाट धुँवा उँडोस नउँडोस
मनुस्य गन्ध सहितको त्यो धुँवा
मेरा नाथ्रीका सहयात्री
अवस्य हुनेछन
सायद बादरहरूसँगको मित्रता
मैले भुलेका सभ्यता
झनै भुलाउन पर्याप्त हुनेछन