anilbthapa
सहकार्य
टाउको झुकाएर टोकरी बिसाउन हात माग्यो उसले |पसिनाले लथपथ काला उसका गर्दन र गर्दन माथिका क्षेत्र अतिक्रमित थियो |पिडित थियो अनि विक्षिप्त , मेरा नजरमा |उसले लामो स्वाश फेरेर बिस्तारै गर्दन मडारन थाल्यो |एक चरण भुइँ तिरै घुमायो उसको शिर |टोकरिको र कपालको बिचमा बस्ने पराले चकटिको स्पस्ट डाम उसको कपालले ठाडो हुने चेस्टा नै नगरे जस्ता थिए |
शुन्य
शान्तिको निन्द्रा निदाउँदा मैले बुद्धलाई भेटेथे
सत्यको आँखा चिम्लदा मैले शिवलाई देखेथे
अशक्त रोगि घाउको पाप्रो निर्धन त्यो छाप्रो
खरको छानो एक मुठी मानो ,मनपेटै भो सानो
आकाशको भारि बिसाँउन मैले चुरोट तानेथे
गंजेड हुँदै स्म्याक तान्दा उकालो, झर्न सिकेथे
मनको खुशी चोरेर थाना आहै! हेर जानु पर्दैन?
हृदयको घर छोडे पछी शहर बजार, जित्नु पर्दैन
सुस्तरी बादल सरेर जाँदा त डाँडा पारि हामि नै
नभए बादल खसीझरी फुटथ्यो बिचरा नानिमै
नजन्म हुन्थ्यो, संसर्ग ,अनि व्यभिचारहरु संग
मिलन के हो अनि खुशी के हो? सदाचारहरु संग
आशाका बिस्कुन सुकाउँदा मलाई घामले च्यायेथ्यो
धर्म अनि भाषा
पुनर्जागरणको यान्त्रिक प्रणाली संबिधान-सभा मार्फत नया संबिधानमा लिपिबद्ध हुन गैरहेको छ ।
समाज यही यान्त्रिक प्रणालीको लगत्तै नाटकीय परिवर्तन चाहिरहेछ । बहुमत र अल्पमत, गणितीय समीकरण अनि यथास्थितिवाद अझै बाधक बनिरहेका छन् । जुन स्वाभाविक लाग्न सक्छन दीर्घकालका लागि । तर समाज अनि बर्तमान पिलो नपाकेको महसुस गरिरहेछन । बिज्ञहरूलाई विद्वत्ताको राप, समाज र जनमानसको धैर्य अनि महानताको बीच सेतु बनाउन समय आह्वान गरिरहेछ । समय आशा मात्र गर्दैन, कर्तव्य र धैर्यता पनि सिकाउछ । र भुल्नै नहुने तथ्य समय पुनर्जागरणको धर्म अनि भाषा बोलिरहेछ ।
कर्मवीर
उषाको किरण संगै हर दिन
हरेक अंग अंगका हर ऋण
डोको नाम्लो प्रकृतिका लिएर
संसय र दिवास्वप्न बिदा दिएर
असंख्य पात्र मध्यका उनि
गुरु ब्रम्हका अशल छात्र
खोला संगै बग्ने जीवन समय
हिंउ झैँ पग्लने गुणी महाशय
आशाको झिनो हाँगा समाती
थाहै नपाइ पुग्दैछन माथि
अनन्त उनका सोचाई सत्य
गरेरै छाडछन् कार्य फत्य:
ढलेको रुख उठाउनै पर्छ
नरोपे बिरुवा समयै मर्छ
अन्तरबिरोधले बाधा बढ्छ
नरोकी कर्म उसले पढ्छ
आजन्म सपना सपनै रहला
निद्राको बिपना पनि बुझ्नु पर्छ
हेलिएर बाढीमा पुग्दै पारि
हलुवाईको तातो हलुवा स्वारी
टलपल तारा आकाश भरि
बेलुका भयो अब निंद प्यारी
शिक्षा
कामको पछाडी शक्ति हुनै पर्छ |” बिना शक्ति कसैले केहि गर्न सक्दैन |”
बिरोधका यी मान्यता जीवनमा उसलाई अगाडी बढाउन उर्जा थियो |
तर नाम अनुसारको काम नभय पनि असर चाही पर्ने रहेछ |
उ बिरोध अनि बिद्रोह भन्दा सामर्थ्य अनि दृढता को हिमायती थियो |
तर संक्रमणको जमानामा उसका सामर्थ्य उसले अनुभव गरे भन्दा चौगुना थियो |
शान्तिले प्रेमको अभिलाषा सबै संग राख्छिन |प्रेमको अर्थ गहिरो थियो |
एक दिन उसंग प्रेमको प्रस्ताव राखिन |
बिरोधले स्वीकार्नै सकेन|
किनकि उसलाई लाग्यो ,उ प्रतिबद्ध भैसकेको थियो शक्तिकी बहिनि क्रान्ति संग |
र क्रान्तिको गर्भ भरिई सकेको थियो |
वाह! वाह!
भोटोको तुना चुस्दै
म र मेरा दौडन्थ्यौ
दुधे गोडाले खिल टेक्दै
कतै पंक्षी भुत्ला त खसेनन ?
भुत्ला त भेट्थ्यौ तर
चोक्टा कहिल्यै भेटेनौ
आमैका गाली मिश्रित ममता र
काँडा बिझेका दुखाइहरूमा
अल्झिन नपाउदै
काजि साहेबहरूका अट्टाहास र
पर उँडिरहेका धुँवाहरू माझ
सिस्नेघारी अन्तरे दाइलाई
रुन्चे आँखाहरू खोजिहाल्दथे
एउटा सम्मोहन
हरेक केटा केटी हृदयको
हो, सोह्र सत्रका ती हाम्रा अन्तरेदाइ
एउटा भोटो र कछाड अनि
अनि हातमा गुलेली,
कम्मरमा बाँसुरी
मैले कत्ति पटक याद गरेको
उनको अनुहारको त्यो दाग
अनि मरेको त्यो बाघ
र प्रत्यक शनिबारको रमझम
उही काजी साहेबहरूका अट्टाहास
