हावाको कुरै नगरौ, पातहरू झरिसके
बाँचिरहने रहरहरू, थाहै नपाई मरिसके
मृत्यु अवस्य भेटिन्छ, होसको ओखती गरौं
नाम बाहेक मेटिन्छ, होसको ओखती गरौं
तालाहरू खुलिहाल्छन चाबीको गुच्छा नसोरौं
चालाहरू बदलिहाल्छन छलको जग्गा नजोरौं
पुराना ती ठहरहरू, भडखालोमा परिसके किन ?
बेदनाका प्रहरहरू, उज्यालोमा डढिसके किन ?
