म तिर्खाएको मायालु
चखेवा हुँ, उँडिरहेछु प्यास मेटाउन
अतित मेरो आँखामा आई रहन्छ निस्काम स्वप्न बनी
कसमहरुले मुटु चस्कन्छन धोकाका अनन्त प्रतिक बनी
म घायल मायालु
मृग हुँ, भागिरहेछु छटपटी मेटाउन
पाइला टेक्न खोज्दा धर्ती बिकी सक्यो रे धेरै अघि
शिर लुकाउने पीर बिसाउने छैन कतै आफ्नो चौतारी
म शायद मायालु
पागल हुँ, तड्पिरहेछु छिट्टै सेलाउन
