Skip to content


जीवनका खुड्किला नै गल्तीहरू हुन्
यात्राका तगारा अनि सफलताका फोहोरा हुन्

अनमोल यो जीवनमा हरपल खुसी पाइन्न
चोट नपाएसम्म जीवनमा हृदयका गीत गाइन्न
गीतका श्रोत नै गल्तीहरू हुन्
एकान्तका सहारा अनि मझधारमा किनारा हुन्

सपना बिपना नभएपछि सपनामै भुलिन्छ
व्यथाहरू कथा भएपछि नशाका गहिराइमा डुबिन्छ
नशाका बहाना पनि गल्तीहरु हुन्
एकान्तका सहारा अनि अतितका कुरा हुन्
(मझधारका किनारा हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *