मैले मसानको बाटो समातेपछि
भरे धुरीबाट धुँवा उँडोस नउँडोस
मनुस्य गन्ध सहितको त्यो धुँवा
मेरा नाथ्रीका सहयात्री
अवस्य हुनेछन
सायद बादरहरूसँगको मित्रता
मैले भुलेका सभ्यता
झनै भुलाउन पर्याप्त हुनेछन
र अनवरतको उच्छवासले
दोस्रो इदी अमिन बनेरै भए पनि
अमर हुने महत्वकांक्षा
अवस्य पलाउँने छन्
किनकि म सुरुदेखि कै मान्छे
प्रवृत्ति नभुलेको मान्छे
आस्तित्व बोकेर चन्द्र टेके पनि
उदगम नभेटेको
तर महत्वाकंछी मान्छे
बारुदको गन्ध मुनि लम्पसार
आफन्त हरूको
चिर निद्र मैले नबिथोलेपछि
भरे आँखामा सपना
आओस नआओस
मैले नदेखेको इदी अमिन
देख्न पाउँनेछु मैले
नचाखेको स्वाद चाख्न पाउँनेछु मैले
आस्वादनको त्यो अनुभव
मैले पतनको बाटो समातेपछि
भरे युग बचोस मरोस
म स्वयं जीवित
मुर्दा भएपछि
२०५३/३/२गते
