रमाइला ती दिनहरूको याद कस्तो मिठो
माया गर्ने ठिटी थिई थियो एउटा ठिटो
गोरो गोरो मन थियो सिमल को भुवा
संग्लो संग्लो पानी, घाँसी दाइको कुवा
पाइला पाइला फूलमा कोमलता थियो
थुंगा थुंगा जिन्दगीमा सफलता थियो
लामो लामो साथ थियो सुख दुख सारा
शितल शितल छाया थियो सगरका तारा
पल पल को उत्कर्षमा सरलता थियो
चोखो चोखो मुस्कानमा अमरता थियो ।
