anilkhatiwada

प्रेम दिबस

आज फेब्रुअरी १४ रात को बार बजेको छ । तिम्रो चिता ले तातेको मेरो सरिर थकित छ । अझै मेरा आँखा आगाडी तिम्रो बलिरहेको सरिर तेर्सिएको छ । म रुन चाहन्छु र निभाउन चाहन्छु मेरो आगाडी बलिरहेको आगो लाइ।
इ पापी हरुको लागि त तिमि मात्र एउटा सरिर हौ सरिर जुन मरिसकेको छ र एकछिन पछी यो ज्वाला संगै बिलिन भएर जान्छ । तर यी मुर्ख हरु लाइ के था तिमि त जीवित छौ र सधै जीवित रहने छौ । कसैले तिमीलाई मार्न सक्दैन ।
हा…हा….हा.. हा….

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समयचक्र

झरी ठुलो बेगमा छ । आकास धरतीलाई ब्राम्हास्त्र झैँ लाग्ने डरलाग्दो चट्याङ्ग प्रहार गर्दै थियो । ती प्रहारहरू कतै रुखका हाँगाहरूलाई सुकाउन झरे भने कतै बस्न बस्न लागेको बस्ती उठाउन । भोलि उज्यालो भएर घाम देख्न पाउने झिनो आशामा सारा संसारको सुत्ने कोसिस जारी छ । निद्रा कसैलाई परेको छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यस्तो नहोस

सारा सहर कृसमसको रमझममा लगेको छ । सबैतिर झिलिमिली बत्तीहरू बालिएको छ । धुपीको प्राकृतिक या काल्पनिक बोटहरूलाई कृसमस टृ मानेर सजाइएको छ । तर यही कृसमस सहरकै एउटा सागुरो गल्ली भित्र को कोढ़ामा एउता बीस बाइस बर्स जतिको युवक टोलाइरहेको छ । उसका आगडी बियरका बोतल र चुरोटका ठुटाहरूको डङुर छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आधा रात छट्पटीमा (मुक्तक)

आधा रात छट्पटीमा कति लेखुँ मुक्तकहरू
विश्वास घाती तस्बिरमा कति देखुँ मुक्तकहरू
अँध्यारोको यात्रा भित्र पाइला पाइला ठेस लाग्दा
त्यही खुनी जुन भित्र कति लेखुँ मुक्तकहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मज्जा

नपिउने लाई के थाहा पिउन को मज्जा
विस्की र ब्रान्डी संग जिउनको मज्जा
अलि कति खायो घुप्लुक्क सुत्यो
च्यातिएको मुटु सिउन को मज्जा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज फेरी अन्जान मै

आज फेरी अन्जान मै अतित को घाउ छुल्लिएछ
गाइने दाइ को सारंगिले सुक्या घाउ कोट्टिएछ
रगत जति आँसु बनि आँखा बाट रसाएछन्
पिडा जति मुटु पोल्न भित्र भित्रै गुम्सिएछन्
आज फेरी गाइने दाइ ले मेरो घाउ बल्झाएछन्
बिरह को धुन बजाई तिम्रो याद फर्काएछन्
हास्न खोजे पिडा लुकाई आँसु रोक्न सकिएन
आँखा छोपी आँसु छेक्दा पिडा खप्न सकिएन
गाइने दाइ त हिडीगए मेरो घाउ कोट्याएर
उनि संगै तिम्रो याद मेटाउन सकिएन
घाउ पार्ने तिमि भयौ निको पार्ने भेटिएन
बाच्न पनि गारो भयो मर्न पनि सकिएन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो देश

काफलको बोटमाथि कोइलीले गीत गाउदा
ऐंसेलुको झ्यांगमुनि डाफे चारी नाच्दो रै’छ

बिदेशीको चाकरीमा आफ्नो रगत बगाउदा
स्वदेशको गुन्द्रुक ढिडो सपनीमा आउदो रै’छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आशै आश को जिन्दगानी

तिम्रै लागि भनी एउटा गजल लेखे मैले
तिमिलेनै देका पिडा पोख्न लेखे मैले
मिठा मिठा बात गरि कुनै दिन हसायेथ्यौ
त्यै हसोका टुक्रा हरु जोड्न लेखे मैले
गौथली का बथान सँगै कतै उडी गयौ तिमि
एकान्त का दु:ख हरु भोगी लेखे मैले
कोइलिझै वसन्त मा आउलाउ तिमि भनी
आशै आश को जिन्दगानी साँच्न लेखे मैले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शान्ति

शान्ति तिमि कहाँ छौ ?
किन रिसाएर भागेकी ?
तिमीलाई नदेखेको त एक युग भैसके छ
टुक्रा टुक्रा भएको देश लाई एकीकरण गरें
हजारौ लाई सहिद अनि लाखौँ लाई अपाङ्ग बनाएँ
चाणक्य, भर्तृहरि र बिधुरका नीतिहरुलाई गलत्याएर आफ्नै सिद्दान्त मा अगि बढेँ
मात्र तिम्रो खोजि मा
राणासासन , राजसासन सबैलाई हुत्याइदिएँ
कुण्डले अनि मण्डले का पछी लागेर कलेजका झ्याल हरु पनि फुटाएँ
तर तिम्रो कतै पत्तो लागेन सान्ति , कतै तिमि बुद्द संगै त गइनौ ?
अब फेरी तिम्रै लागि सिंगो देश लाई टुक्रा टुक्रा पार्न लागिपरेको छु
आशा छ तिमि फेरी आउनेछौ………..
मलाई सम्झेर , आफ्नो छोरा लाइ सम्झेर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नारी

उनि कसेंर संगै आफ्नो पिडाहरुलाई बडार्न खोज्छिन्
उनि जुठो हरु संगै आफ्नो आँसु लोटाउन खोज्छिन्
उनका सपना हरु सायद कतै गैरी खेत क पाटा हरुमा पोखिएको छ
उनका रहरहरु कतै पाखा अनि पखेरा क लहराहरुमा झुन्डिएको छ
उनि लुकाउन खोज्छिन् चाहना हरुलाई
उनका स्वतन्त्रता कुनै मर्द भनाउदा को डरले गुम्सिएको छ
उनि हासेकी छिन् मात्र एउटा पित्को आशा बोकेर
एकदिन आउने छ उनको बिहानी मिठो जिन्दगि डोहोर्याएर
अनि भन्ने छिन् सारा संसार लाई म एक नारी
सक्तिरुपा नारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यो मेरो मातृभूमि

आज पूरा साठी वर्षपछि मलाई मेरो प्यारो मातृभूमिको दर्शन प्राप्त भयो। जतिबेला म आफ्नो प्यारो देशबाट विदा भएको थिएँ र मलाई भाग्यले पश्चिमतर्फ डोर्याएर लिएर गएको थियो। त्यतिबेला म लक्का जवान थिएँ। मेरा नशा नशाहरूमा नविन रक्त संचार भइरहेको थियो। हृदय उमंग र उल्लासले भरिएको थियो। मलाई आफ्नो प्यारो भारत वर्षबाट कुनै अत्याचारीको अत्याचारले वा अन्यायको बलसाली हातले विछोड गराएको थिएन।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •