यस्तो नहोस


सारा सहर कृसमसको रमझममा लगेको छ । सबैतिर झिलिमिली बत्तीहरू बालिएको छ । धुपीको प्राकृतिक या काल्पनिक बोटहरूलाई कृसमस टृ मानेर सजाइएको छ । तर यही कृसमस सहरकै एउटा सागुरो गल्ली भित्र को कोढ़ामा एउता बीस बाइस बर्स जतिको युवक टोलाइरहेको छ । उसका आगडी बियरका बोतल र चुरोटका ठुटाहरूको डङुर छ । उसको आँखा हेर्दा लाग्थ्यो कि ऊ धेरै रात को अनिधो थियो । ऊ बेला बेलामा डाको छोडेर रुन्थ्यो अनि आँसु पुछेर एउटा चुरोट सल्काउथ्यो ।

धेरै बेर टोलाए पछि एउटा कपि झिकेर लेख्न थाल्यो ।

कति गारो छ कसैलाई अफ्नो मन अनि मस्तिष्कबाट हटाउन । कोसिस नगरेको हैन । हटाउन नचाहेको पनि हैन । मलाई थाहा छ यी तिता रक्सीका घुड्काहरूले मबाट तिमीलाई उखल्न सक्दैनन् । यी चुरोटका धुवाहरूले पनि तिमीलाई मबाट लखेट्न सक्दैनन् तर पनि म पिउछु । म भित्र को तिमी मार्नलाई ।तिम्रा याद दिलाउने सम्पूर्ण कुराहरू नस्ट गरिसके । तिमीले पठाएका सम्पूर्ण प्रेम पत्रहरू । तिमीले मलाई दिएका सम्पूर्ण उपहारहरू । यहाँसम्म कि तिमीलाई पहिलो पल्ट भेट्दा लगाएको मेरो निलो रङ को सर्ट पनि । तिमीलाई याद छ तिमीले भनेकी पनि थियौ मलाई त्यो सर्ट कस्तो सुहाएको थियो भनेर । त्यसलाई त झन मैले टुक्रा टुक्रा पारेर घर पछाडि को बगैंचामा लगेर जलाइदिए ।
अब के नष्ट गर्नु ? अब के जलाउनु ? म आफैलाई ?
आखिर म नै त थिए जसमा तिम्रो याद आइरहेको थियो । जुन म चाहन्न थिए ।

आखिर मेरो आफ्नो पनि त जिन्दगी छ । तिमी के ठान्छौ तिमी बिना म हास्न सक्दिन ??
तिमी त मेरो जिन्दकी को एउटा आयाम थियौ ।मात्र एक आयाम ।
म बाच्न अनि हास्न सक्छु तिमी बिना पनि । आखिर जीवन एक बहु आयामिक चिज हो ।
तर खै त मेरा बाकी आयामहरू ?
के तिमीले मेरा सम्पूर्ण आयामहरूमा कब्जा गरिसकेको ?
आखिर किन आउछौ मेरो आँखा अगाडि घरी घरी मेरो खाटा बस्न आटेको घाउलाई छुल्याउन ?
हरेक गल्ली हरेक सडकमा पछडीबाट तिमीले बोलाएको जस्तो लाग्छ । थाहा छैन त्यो तिमीनै हौ कि मेरो अन्तरमनले तिम्रो आवाज पारेर मलाई जिस्क्याइरहेको छ ।
हो तिमीले ठिक ठानेछौ सक्दिन म बाच्न अनि हाँस्न तिमीविना ।
म तिमी बिना बाच्न सक्दिन तिमी म सगँ बाच्न सक्दिनौ ।
मलाई थाहा छैन तिमीले मेरो यो पत्र पढ्छौ कि पढ्दैनौ यदि पढ्यौ भने मेरो मृत्युमा तिमीले एक थोपा पनि
आँसु नबगाउनु । तिमी मेरो हत्यारा हौ। मेरो श्वास म आफैले बन्द गर्दै छु त्यसैले कनूनी रुपमा तिमी निर्दोश हौला । तर मेरो आत्मा ? त्यस्को त हत्या तिमीले पहिलेनै गरिसकेको छौ । बरु शरीर को हत्याले त मात्र श्वास बन्द गर्छ ।आत्मा हत्या को पीडा को कुनै सीमा हुदैन । त्यस्ले त अमर मानिएको आत्मा नै नष्ट गरिदिन्छ
समाजलाई देखाउन दुइचार थोपा झार्न मनलागे झार्दा हुन्छ तर मलाई तिम्रो एक थोपा पनि आसु चाइएको छैन ।
आमा बुवा तपाईंले त मबाट ठुलो सपना देख्नुभएको थियो । बुवा आज पनि याद छ तपाईंले मलाई पहिलो दिन स्कुल पुर्याइदिनु भएको । मैले देखेको थिए तपाईं को आँखामा म प्रति बुन्नुभएको सपनाका जालहरू तपाईं को तै एक्लो छोरो एउटा केटी को कारणले यो सन्सार त्याग्दै छ । सक्नुहुन्छ भने मलाई माफ गरिदिनुस। एउटा नालायक छोरो जन्माएछु भनेर अफुलाई न धिक्कार्नु होला । सम्झिनुस तपाई को छोरो जन्मिनुभन्दा अगाडिनै मरिसकेको थियो । मलाई थाहा छ यो त्यति सजिलो छैन । भोलि समाजले के भन्लान भनेर चिन्ता नलिनु बरु समाजमा दोस्रो म नजन्मियोस त्यसमा ध्यानुस ।
आमा तपाईं सधै हुन्थ्यो नि म कहिल्यै ठूलो भइन भनेर । हेर्नुस त म ठूलो भए म अफ्नो जिन्दगी को सबैभन्दा ठूलो निर्णय हजुरहरूलाई नसोधी आफै गर्दै छु । आमा तपाईं सग त झन धेरै कुरा गर्नु थियो । जब घर नजिकै को बुजि (बिरालो ) सग डराउथे तपाईं को न्यानो स्नेहले त्यो डर भागिदिन्थ्यो । तपाईंलाई सबैकुरा भन्न मन थियो तपाईं को काखमा मुन्टो लुकाएर रुन मन थियो डाको छोडेर । आमा यो जन्ममा तपाईं को नालाएक छोरा भएर जन्मिएछु अर्को जन्ममा एउता लायक छोरो भएर जन्मने छु हजुरले लगएको त्यो रिन तिर्न ।

मेरि प्यारी बहिनी जब तिमी कलेज जान्छौ सायद सबैले तिमीलाई एउटा हुत्तीहारा को बहिनी भन्लान् । मलाई माफ गरिदेऊ । मेरो तिमीलाई धेरै धेरै कामना छ जिन्दगीमा ठूलो मान्छे बन्नु बुवा आमालाई राम्ररी हेर्नू ।
राहुल, समीर, मदन तिमीहरूले मलाई सधै साथ दियौं……
……………………………

यतिकैमा ऊ झ्याम्म झ्यालबाट हाम फाल्यो ।।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *