आज फेब्रुअरी १४ रात को बार बजेको छ । तिम्रो चिता ले तातेको मेरो सरिर थकित छ । अझै मेरा आँखा आगाडी तिम्रो बलिरहेको सरिर तेर्सिएको छ । म रुन चाहन्छु र निभाउन चाहन्छु मेरो आगाडी बलिरहेको आगो लाइ।
इ पापी हरुको लागि त तिमि मात्र एउटा सरिर हौ सरिर जुन मरिसकेको छ र एकछिन पछी यो ज्वाला संगै बिलिन भएर जान्छ । तर यी मुर्ख हरु लाइ के था तिमि त जीवित छौ र सधै जीवित रहने छौ । कसैले तिमीलाई मार्न सक्दैन ।
हा…हा….हा.. हा….
उ पर त्यो बगैचा मा हेर त त्यहाँ तिमि छौ । तिम्रो छेउ मा बस्ने म पनि छु । तिमि मिठा मिठा कुरा गरिरहेको छौ । म तिम्रो अनुहार मा एकचित्त ले हेरिरहेको छु । तिम्रो अनुहार सागर मा ठुलो गहिराइ छ र म त्यहि गहिराही मा आनन्द रुपी मोति हरुको खोज मा तल्लिन छु । हामीलाई त्यहाँ कसैको डर छैन, न त पर्बाह नै छ कसैको ।
तिमीलाई त थाहा पनि छैन होला जुन बेला मैले तिमीलाई प्रथम पटक देखेको थिएँ । तिमि तिम्रा साथीहरु को भिड मा थियौ । सबैको पोसाक उस्तै थियो । तर पनि ति समानता हरुमा एउटा पृथक अनुहार देखेको थिए मैले । पृथक भन्नाले सबै भन्दा राम्री या नराम्री भन्न खोजेको हैन । तर पनि तिमि पृथक थियौ । तिमि मलाई पृथक लाग्नु को कारण म आफै लाइ थाहा थिएन । जब देखे तब मन पराए बिना कारण बिना स्वार्थ्य र बिना संकोच । तर तिमि संग खुल्नु मेरो लागि कहिलै सजिलो कुरा भएन ।
म त्यो स्कुल को सेसन को बिच तिर छिरेको नया बिद्यार्थी थिएँ । म पहिला पढेको स्कुल मा आठ सम्म मात्र थियो त्यसैले त्यो भन्दा माथि को शिक्षा हासिल गर्न मा त्यहाँ आएको थिए । त्यहाँ को वातावरण मा घुलमिल हुन मलाई त्यति सजिलो कुरा थिएन । म ओल्लो पट्टि को बिल्डिंग मा पढ्थे र तिमि पल्लो पट्टि को मा ।हामी दुइटै को झ्याल एक अर्काको संग ठ्याक्कै अपोजिट थियो । म तिमीलाई झ्याल बाट प्रस्ट देख्न सक्थेँ । सर ले केहि सोध्नु भयो भने म अलि ठुलो स्वर मा उत्तर दिन्थे र पुलुक्क तिम्रो झ्याल मा हेर्थे तिम्रो आँखा मतिर नै हुन्थे । मैले हेर्ने बितिकै तिमि आफ्नो किताब तिर आँखा घुमाउने गर्थ्यौ । यसरि नै चल्दै थियो । न त ममा तिमि संग बोल्ने आँट थियो न त तिमि म संग बोल्ने जरुरत नै थियो ।
अनि एउटा मिठो दिन आयो अन्जुली भरि खुसि बोकेर। त्यो दिन पहिलो पटक तिमि संग प्रतक्ष भेट भएको थियो । त्यो दिन सरस्वती पुजा थियो । हामी सबैजना लाइन मा थियौ हात मा पुल अनि अगरबत्ती थियो । तिमि अगाडी सरस्वति बन्धना गाइरहेकी थियौ । मलाई त त्यो बेला सम्म थाहा पनि थिएन कि तिमि गायन तिर पनि अब्बल थियौ भनेर । पछी तिमीलाई मैले बोलाएँ :-
“तिमि त राम्रो गाउदो रहेछौ ।”
तिमि केहि बोलेनौ , मलाइ हेरेर मुसुक्क हासी साथीहरु संग गयौ ।
साच्चि भन्नु पर्दा मलाई त्यो बेलामा आफु धेरै नै भरिपुर्ण मानिस भएको भान हुन्थ्यो । अझ भन्नु पर्दा मलाई आफु प्रति ठुलो घमण्ड थियो ।
मैले एउटा पिपल को पात मा आफुले अलि अलि जानेको एउटा हिन्दि फिल्म को सायरी लेखेर तिम्रो झोला मा सुटुक्क हालिदिए । त्यसको केहि प्रतिक्रिया आएन । दाजु को कोठामा एउटा प्रेम पत्र को किताब देखेको थिए । त्यसलाई सुटुक्क चोरेर ल्याए । त्यसबाट एउटा राम्रो प्रेम पत्र जस्ताको त्यस्तै सारेर पछी तिम्रो झोला मा हालिदिए । त्यसको पनि केहि प्रतिक्रिया आएन अनि मेरो एक पछी अर्को घमण्ड हरु सबै चकानाचुर हुदै गएका थिए तिमि म तर्फ हेर्न पनि छाडिसकेको थियौ ।
पछी आफुले गल्ति गरेको महसुस भयो ……मैले सिधै त्यसरी तिम्रो झोला मा प्रेम पत्र हरु राख्नु हुदैन थियो । यदि तिम्रा अभिभाबक ले देखेका भए नराम्रो पनि हुनसक्थ्यो । त्यसपछि मैले ति काम हरु गर्न छाडिदिए ।
एकदिन मेरो झोला मा मैले तिमीलाई लेखेको प्रेम पत्र देखे । सायद त्यो तिमिलेनै हालिदिएको थियौ । त्यसको मुनि लेखिएको थियो “ one out of ten”…..
मलाई पनि झोक चल्यो मैले त्यहि चिठी मा सय रुपैया को नोट स्टिच गरेर लेखिदिए… “ request for rechecking and re-totaling”
त्यसपछि फेरी तिम्रो पत्र आयो लेखिएको थियो कि “ कुनै प्रेम पत्रको किताब बाट सारेको भन्दा आफै लेखिएको उत्तर लाइ अझ बडी मान्यता दिइने छ”
म हर्स ले गद्गद् भए किनभने त्यो गुमाउरो पारा मै भएपनि स्वीकारोक्ति थियो मेरो प्रेम प्रस्ताब को ।
त्यसपछि त हाम्रो प्रेम पत्र आदान प्रदान को कार्य चालिनै रह्यो ।
हाम्रा प्रेम पत्र अधिक मात्रा मा सायरी हुन्थे । कुनै हिन्दि फिल्म का भने कुनै नेपालि फिल्म का ।
हाम्रो प्रेम पत्र लेख्ने र पढ्ने समय राति बार बजे हुन्थ्यो ।
“प्रिय….
रात बार बजेको छ । सबैजना निन्द्रा मा मस्त छन् । न त तिमि सुत्न सकेको छौ न त म । आखिर के भै रहेको छ हामीलाई । के यो प्रेम हो ?
मेरो प्राण प्रेम त मिठो हुन्छ भन्ने सुनेको थिए । के यहि हो यसको मिठासता ? म त यसलाई मिठासता भन्दा पनि लत भन्छु अझ । मलाइ प्रेम को ब्याख्या गर्नु छैन थाहा छैन मलाइ प्रेम के हो । न त कहिलै बुझ्न सकुँला त्यसको गहिराही लाइ । तर जे हामि बीच भैरहेको छ नि त्यो तृष्णा नै तृष्णा ले भरिपुर्ण छ । कहिलै तृप्त नहुने तृष्णा । प्रिय खाना भन्दा भोक मिठो हुन्छ । तृप्ति भन्दा प्यास मिठो हुन्छ । त्यसैले प्रिय हाम्रो यो प्यास कहिलै तृप्ति नहोस् हामी सदा सदा तड्पीरहुँ एक अर्का को प्यास मा । एउटा मिठो प्यास मा जहाँ कदर हुन्छ भोक अनि तिर्खा को ।
हामीले सधै खाने कुनै फल लाइ हेर त त्यसको गुदी खाइसकेपछी बोक्रा फालिन्छ । तर आखिर बोक्रा नै त थियो जसले फल लाइ फल को स्वरूप दिएको थियो । तर मेरो प्राण , मलाइ यस्तो ठाउमा पुर्याउ जहाँ कदर हुन्छ बोक्रा को पनि । जहाँ ठुलो, सानो, भोक , प्यास , तृष्णा तिप्त्ति कुनै कुराको पर्वाह गरिदैन ।
मेरो प्राण मेरो सम्पूर्ण जिबन तिमि माथि अर्पित छ । यसलाई कुन बाटो लान्छौ यो लुरु-लुरु हिड्छ त्यहि बाटोमा । म त तिम्रो छाया भएर बाच्न चाहन्छु र छाया ले कहिलै हेर्दैन उसको सरिर कुन बाटो जादैछ ।
– उही तिम्रो प्राण

मेरी प्रिय त्यो दिन पनि रात को बार बजेको थियो जुन दिन तिमीले पठाएको प्रेम पत्र लुकी लुकी पढेर हर्स को आँसु झरेको थिए । अनि मेरी प्राण आज पनि रात को बार नै बजेको छ । तिमिलेनै पठाएको त्यहि प्रेम पत्र पढेर भक्कानिएर बसेको छु । तिम्रो जलिरहेको चिता आगाडी ।
मैले जिन्दगि मा कहिलै पनि भगवान लाइ बिस्वास गरिन । जहाँ सुकै पनि भगवान को कुरा चल्थ्यो त्यहाँ ति कुराहरुको बिरोध गर्न म डटेर अगाडी बढेको हुन्थे ।
तर प्रिय आज म हजार चोटी भगवान संग तिमि माग्दै छु । जब जिन्दगी को सम्पूर्ण ढोका हरु बन्द हुदा रहेछन् आफुले कहिलै विश्वास नगरेको कुराहरु मा पनि विश्वास लाग्दो रहेछ । बास्तव मा म भगवान संग प्रार्थना गर्न पनि लायक थिइन । के भगवान ले त्यस्ता को कुरा सुन्लान जसले कहिलै उसको बिस्वास गरेन जसले सधै उसको बिरोध गरेको थियो । ?
मलाइ पानि परेको कहिलै मन परेन । तर तिमीलाई सिम सिम पानि मा भिज्न सारै मन पर्थ्यो ।
तिम्रो रहर को खातिर
मात्र तिम्रो रहर को खातिर म तिमीसंग भिज्ने गर्थे ।
आज पनि पानि परिरहेको छ र म भिजिरहेको पनि छु । लाग्दै छ यो पानि कहिलै नारोक्कीयोस किनकि मेरो प्राण, धेरै याद हरु छन् यी पानिहरुमा तिम्रो, मेरो अनि हाम्रो प्रेम को ।
आज सारा संसार प्रेम दिबसको मात मा मातिरहेको छ । एक अर्काको प्रेम पिउदै । मलाइ त साला यो रक्सि ले पनि मताउन सकिरहेको छैन । सायद कुनै ठुलो लत को आगाडी सानो नसा को कुनै अस्तित्व हुदैन । मलाइ त नसा थियो तिम्रो प्रेम को……..
एउटा त्यो प्रेम दिबस थियो । जता ततै गुलाफ नै गुलाफ को झ्यांग बाट एउटा गुलाफ छानेर तिमीलाई दिन एक पछी अर्को गुलाफ को हत्या गर्दै थिए । हजारौ सब्द हरुको सब्द कोसबाट तिमीलाई ब्याख्या गर्न साहस गर्ने दुइ चार वटा सब्द हरु खोज्न मा तल्लिन थिए ।
र आज यो प्रेम दिबस छ जुन तिमीलाई खरानी बनाएर मनाउदै छु ।

तिमि म भन्दा एक क्लास जुनियर थियौ । हाम्रो त्यो प्रेम को आगाडी एउटा ठुलो पर्खाल आउदै थियो एस. एल. सी. को । मेरो एस. एल. सी. दिन प्रतिदिन नजिकिदै थियो । यसको मतलब तिमीसंग बिताउन बाकि दिन हरु पनि घट्दो थियो ।
हेर्दा हेर्दै एस. एल. सी. पनि आयो र गयो । एस. एल. सी. राम्रो भएको खुसि भन्दा पनि तिमि संग को बिछोड को चिन्ता थियो । अब म आफ्नो घर जादै थिए फर्केर ।
किनकि म तिम्रो गाउ मा मात्र पढ्न आएको थिए । मेरो मनोस्मृति मा आज सम्म पनि तिम्रो त्यो बेला को अनुहार जस्ता को तस्तै छ ।
तिम्रो त्यो मसंग को बिछोड मा तड्पिएको आनुहार ।
तिम्रो त्यो गह भरि आँसु भरिएको अनुहार ।
अनि त्यो मलाइ नाजाउ भन्न पनि सामर्थ्य नभएको अनुहार ।
तिमीले मलाइ चिनेको थियौ त्यसैले तिमीले मलाइ नजाउ पनि भनेनौ किनकि तिमीलाई थाहा थियो म रोकिन्न भनेर ।
अनि म गएँ सदा सदा को लागि तिमीलाई छाडेर ।…..
“आज यत्रो वर्ष पछी तिमि संग भेट भयो त्यो पनि त यस्तो अवस्ता मा ?” मैले छाडेर गएको तिम्रो त्यो चुल्बुले आँखा आज बन्द थिए । तिमीले त मतिर फर्केर मलाइ एकपल्ट बोलाउदा पनि नबोलाई गयौ । कहिलै नफर्किने गरि । सायद आकास भित्र को बादल को देश भित्र ।…….
मलाइ थाहा छ तिमीलाई कुनै निमोनिया ले मारेको हैन । तिमीलाई मैले मारेको हु । मैले तिमीलाई कहिलै भेट्ने कोसिस पनि गरिन यत्रो वर्ष सम्म न त तिम्रा प्रेम पत्र हरुको उत्तर नै मैले दिएको थिए । तिमि बिस्तार बिस्तार मेरो अभाव मा पिल्सिएर गल्न थाल्यौ अनि मसंग को रिस फेर्न गयौ सदा सदाको लागि मलाइ एक्लो पारेर ।
यदि जिबन जिउनुको परिभाषा सास फेर्नु ले मात्र पूर्ण गर्छ भने, मात्र म बाचेको छु । मेरो खुसि त अगिनै तिम्रो चिता सगै सुर्य नमस्कार गरेर सति गयो ।
प्रिय म हरेक वर्ष झैँ, आउदा वर्ष हरुमा आजको दिन प्रेम दिबस मनाउछु तिम्रो याद मा तिम्रो तस्बिर हरु संग , तिम्रा प्रेम पत्र हरुसंग अनि तिम्र लागि लेखिएको सायरी संग ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *