सानो मान्छे पढ्छ
पढेपछि बढ्छ
बढेपछि चढ्छ
घोडा चढ्ने लड्छ
लडेपछि ढल्छ
ढल्दा खेरि दुख्छ
दुख्दा अैइया भन्छ
आफ्नो दिन गन्छ
सकी-नसकी कन्छ
कन्नसम्म कन्छ
कन्दा कन्दै सुक्छ
सुकेपछि सुत्छ
सुतेपछि उठ्छ
उठ्दा सानो हुन्छ
ऐनामा हेर्छ
यस्तो कसलाई मन छ?
